
पोखरा(खेलाडी न्युज)-पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा आजदेखि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । पहिलो चरणको ८ खेलबाट फेदि फुटबल क्लब, बि.वाई.सि बसपार्क, समर जुन, लेकसाईड फुटबल क्लब, शुक्ला गण्डकी फुटबल क्लब, टि नाईन स्पोर्टस् ,सँगम फुटबल क्लब र घैरी युनाईटेड बिजयी भएको छ ।
जे.वाई.सि क्लबलाई २–१ गोल अन्तरले हराउदै फेदि फुटबल क्लब अघिल्लो चरणमा प्रबेश ग¥यो । दोस्रो खेलमा बि.टि क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै के.बि बि.वाई.सि बसपार्कले दोस्रो चरणको लागी स्थान बनायो ।प्रतियोगिताको तेस्रो खेलमा शान्ति टोललाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै समर जुन बिजयी भयो । त्यसैगरी चौथो खेलमा ७–० को फराकिलो गोल अन्तरले दाउड क्लबलाई लोकसाईड फुटबल क्लबले पाखा लागायो ।
प्रतियोगिताको पाचौ खेलमा मर्दी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउदै शुक्ला गण्डकी फुटबल क्लब दास्रो चरणको लागी स्थान बनायो । छैटौ खेलमा टि नाईन स्पोर्टस्ले लामा ब्वाईजलाई ६–१ गोल अन्तरले पराजित ग¥यो । टि नाईन स्पोर्टस्को जितमा नरेश केसीले सर्बाधिक ५ गोलको योगदान गरे । प्रतियोगिताको सातौ खेलमा सँगम क्लबले भि.वाई.सि क्लबलाई २–१ गोल अन्तरले पाखा लगायो । त्यसैगरी अन्तिम खेलमा ए.वाई.सि लाई १–० गोल अन्तरले घैरी युनाईटेडले पराजित गर्दै दोस्रो चरणमा प्रबेश गरेको खेल संयोजक मनोज श्रेष्ठले बताए ।
आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…