
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालमा १३ वर्षपछि राष्ट्रिय टेवलटेनिस प्रतियोगिता हुदैै छ । ३१ औं राष्ट्रिय टेवलटेनिस प्रतियोगितापछि राष्ट्रिय खेलकुद परिषदले पोखरामा टेवलटेनिसको प्रतियोगिता आयोजना गरेको थिएन् । कास्की जिल्ला टेवलटेनिस संघको आयोजनामा ३९ औं राष्ट्रिय टेवलटेनिस प्रतियोगिता बैशाख अन्तिम साता गर्ने निर्णय गरेको छ । संघले आयोजना गरेको भने यो दोस्रो प्रतियोगिता हो ।
बैशाख २७—२९सम्म हुने प्रतियोगितामा ११ जिल्लाका खेलाडीले सहभागिता जनाउने छन् । आईतबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनसार प्रतियोगितामा बुटवल, धरान, विराटनगर, काठमाण्डौ, दाङ, पोखरा, धनगढी, चितवन, भक्तपुर, ललितपुर र वाग्लुङ लगायतका खेलाडीहरुको हभागिता रहने छ । ११ जिल्लाका करिब ७५ जना बढि खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको सहभागिता रहने संघका सचिव उत्तम जोशीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदले २०६२ सालमा पोखरामा राष्ट्रिय टेवलटेनिस प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतियोगिता पाँच विधामा प्रतिस्पर्धा गराईने उनले बताए । मेन्स सिंगल, मेन्स डबल्स, लेडिज सिंगल, लेडिज डबल्स, र मिक्स्ड डबल्समा प्रतिस्पर्धा गराईने उनको भनाई थियो । विजेताहरुले ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । विभिन्न जिल्लाका प्रतिभावान खेलाडीहरुलाई एकै थलोमा भेला गराई राष्ट्रिय एकता, आपसी समझदारी, भाइचाराको अनुभूति र खेल भावनाको अभिवृद्धि गराउने, पोखरा शहरलाई खेलकुदको शहर बनाउनमा टेवा पु¥याउनमा सहयोग गर्ने, विद्यालय स्तरका खेलाडीहरुलाई प्रत्यक्ष रुपमा राष्ट्रिय खेलाडीहरुको खेल कौशल प्रदर्शन र अवलोकन गर्ने सु–अवसर प्रदान गरी भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल प्रति अभिप्रेरित गराउने लगाएतका उद्धेश्य रहेको संघका अध्यक्ष उत्तम जोशीले उल्लेख गरे ।
अखिल नेपाल टेबुलटेनिस संघ, केन्द्रिय कार्यालय, काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग, स्टेप वाई स्टेप, ग्लोबल कलिजियट, सगरमाथा निकेतन, कास्की मोर्डनाईज्ड एकेडेमी, सृजना वोर्डिङ स्कुल, हिल प्वाइन्ट, शान्ति निकुन्ज, हिमाञ्चल, वालोदय, ग्यालेक्सी, पोखरा उच्च मावी, टप्स वोर्डिङ, लक्ष्मी आदर्श, गण्डकी एजुकेशन फाउण्डेसन लगाएत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । करिब तिन लाख ३५ हजार खर्च अनुमान गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…