
काठमाडौं (खेलाडी न्युज) १०० रन । बलिङमा चार विकेट । ह्याट्रिक सहित । हरि चौहानले प्रतियोगिताकै पहिलो शतकीय पारी खेल्दै ह्याट्रिक समेत लिए । क्रिकेटमा विरलै देख्न पाईने लोभलाग्दो प्रदर्शन भने प्रधानमन्त्री कपमा प्रदेश न. ४ का खेलाडी हरि चौहानले देखाए ।
अघिल्ला दुई खेलमा पराजित भएको प्रदेश न. ४ ले आज भने प्रदेश नं १ लाई वर्षेनी सम्झने गरी १२९ रनको फराकिलो जित निकाल्यो । एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ४ ले टस जित्दै व्याटिङमा उत्रिदाँ ओपनर तथा तेस्रो नम्बरमा गएका व्याट्स सस्तैमा आउट भएपछि इनिङ भने हरि चौहानले सम्हाले । अनिल गुरुङलाई १३, सन्तोष न्यौपानेलाई ७ र आकाश थापाले १९ बनाई पेभेलियन फर्किएपछि धरासायी बन्दै गएको प्रदेश नं ४ को इनिङलाई चौहानले सम्हाले । उनी क्याच आउट हुनु अघि ११५ बल खेल्दै १०० रन पुरा गरे । जुन प्रतियोगिताको पहिलो शतकीय पारी थियो । उनले आठ चौका र एक छक्का हिर्काए ।
उनलाई भने दरिलो साथ भने सातौं नम्बरमा गएका व्याट्सम्यान सुमन घिमिरेले दिए । े कप्तान विधान श्रेष्ठ चार रनमै आउट भएपछि एम. न्यौपानेलाई पनि २८ रनमा गुमाईपछि घिमिरे क्रिजमा प्रवेश गरे । उनले पनि ५३ बलमा ८३ रनको ठोस इनिङ खेलेपछि प्रदेश नं ४ ले सात विकेटको क्षतिमा ३१० रनको विशाल योगफल तयार पार्यो ।
जवाफी ब्याटिङमा आएको प्रदेश नम्बर १ ले ३५ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५५ बलमा ७१ रन, मिनास थापाले १३ बलमा १९ रन, श्रवण यादवले २९ बलमा १९ रन बनाउनु बाहेक अन्यले प्रभावकार िरन जोड्न सकेनन् । प्रदेश नम्बर ४ का हरि गौचनले ५ ओभरमा १९ रन दिएर ४ विकेट लिए । विपिन खत्री र राजु गुरुङले दुईरदुई साथै सन्तोष न्यौपाने र गोविन्द प्रधानले एकरएक विकेट लिए ।
विपिन खत्रीले ९ बलमा २३ रन हाने । मञ्जिल न्यौपानेले ४३ बलमा २८ रन बनाएका थिए । प्रदेश नम्बर १ का पुष्प थापा र सन्दीप ढुंगानाले दुईरदुई विकेट लिए । मनोज तामाङ र मिनास थापाले एकरएक विकेट लिए । प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिम सहभागी छन् ।
जेठ २९ गतेसम्म चल्ने प्रतियोगिताका लागि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ द सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउने छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…