
पोखरा(खेलाडी न्युज)- चीनको जीउयान गुलिन शहरको गौवाग्जी जुुवाङमा हुने इन्टरनेश्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागि नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को टोली चीन जाने भएको छ । ग्वान्जी झुवाङ स्थित औपाइ नदीमा आगामी २७ जुन देखी जुलाइ १ सम्म हुने इन्टरनेश्नल ¥याफ्टिङ इलाइट च्यालेन्जमा सहभागी हुनका लागी नाराको टोली आगामी शनिवार चीन जाने भएको हो ।
नाराका अध्यक्ष निमबहादुर मगरको संयोजकत्वमा सुनिल गुरुङको कप्तानीमा टोली प्रस्थान गर्ने छ । टोलीमा लिलबहादुर गुरुङ, जीवन मगर, प्रदिप मगर, र शिव अधिकारी संलग्न छन् । प्रतियोगितामा १६ राष्ट्रका २० टीमले सहभागीता जनाउने र खुल्ला महिला र खुल्ला पुरुष गरी दुइ विद्यामा प्रतियोगिता सञ्चालन हुने नाराका अध्यक्ष निमबहादुर मगरले जानकारी दिए । ¥याफटिङ प्रतियोगितासंगै वल्र्ड ¥याफ्टिङ कंग्रेस सम्मेलन र स्ट्याण्ड अप प्याडलका कार्यक्रममा समेत नेपाली टोलीले सहभागीता जनाउने छ ।
प्रतियोगिताको उपाधि जित्नेले २५ लाख ५ हजार प्राप्त गर्नेछन । यसअघि अघिल्लो पटक चीनको ल्हासामा चाइना तिब्बत माउण्टेरिङ एशोसियसन र चाइना तिब्बत वाटर स्पोर्टस ब्युरोले आयोजना गरेको नेपाल चाइना फ्रष्ट फ्रेण्डशिप ¥याफ्टिङ च्याम्पियनसीप २०१७ नेपालले कायकमा पहिलो र ¥याफ्टिङमा दोश्रो स्थान हासिल गर्न सफल भएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…