
एजेन्सी-कोलम्बियाँसग ३-० गोलअन्तरले पराजयसँगै पोल्याण्ड रसिया विश्वकपबाट बाहिरएको छ । बाहिरिने पहिलो युरोपियन मुुलुक समेत बनेको छ ।
पहिलो हाफमा १-०ले पछि परेको पोल्याण्ड दोस्रो हाफमा थप दुई गोल खाएपछि अंक विहीन हुदैं एक खेल अगावै बाहिरन पुग्यो । यद्यपी पोल्याण्डले अब अन्तिम खेल जापानसँग खेल्ने छ । जापानसँग पहिलो खेलमा पराजित भएको कोलम्बियाले पोल्याण्डलाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावनालाई भने जिवितै राखेको छ । अब उसले सेनेगलसँग खेल्ने छ ।
४० औं मिनेटमा यरी मिनाको गोलबाट अग्रता लिएको कोलम्बियाले राडामेल फल्काओले ७० औं मिनेटमा र जुवान काउडराडोले ७५ औं मिनेटमा अर्को गोल थप्दै कोलम्बियाले सहज जित निकाल्दै ३ अंक जोड्यो । जसले दोस्रो चरण प्रवेशको सम्भावनालाई जोगाई राख्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…