
एजेन्सी-अर्जेन्टिना रसिया विश्वकपको नकाउटचरणमा प्रवेश गर्दा क्रोएसियाले भने आईसल्याण्डको चुनौतिलाई पन्छाएको छ । सधैं दर्शकको आलोचना खेप्दै आएका लिओनेल मेस्सीको प्रेरणादायी खेलमाा अर्जेन्टिनाले रसिया विश्वकपमा अन्तिम १६ भित्र छिर्न नाईजेरियाको चुनौतिलाई २-१ गोलले पन्छायो ।
शुरुवाती गोलको खाता भने मेस्सीले हिर्काए । अघिल्ला दुई खेलमा खासै जम्न नसकेका मेस्सीले नाईजेरिया विरुद्ध गोल गर्दै आफनो क्षमता प्रदर्शन गरे । १४ औं मिनेटमा दायाँ खुट्टाले हिर्काएको बल सिधै पोष्टको जाली चुम्न पुगेपछि अजेन्टिनियन फ्यानले रंगशाला एक पटक जरुक्कै उठेर मेस्सीप्रति हौसला र उर्जा थपे । मेस्सीलाई इभर बनेगाले बल उपलब्ध गराईदिएका थिए ।
तर दुर्भाग्य अर्जेन्टिनाले दोस्रो हाफको केही मिनेटमै पेनाल्टीको सामना गर्न पुग्यो । नाईजेरियाले ५१ औं मिनेटमा पाएको पेनाल्टीलाई भिक्टोर मोसेसले गोल गर्दै बराबरी गरे । नाईजेरियालाई अन्तिम १६मा पुग्न बराबरीले पर्याप्त हुने थियो ।जाभियर मासेरानोले फउल गरेपछि पहेलो कार्डको दर्शन गर्दै नाईजेरियालाई पेनाल्टीको अवसर दिइएको थियो ।
खेल सकिन चार मिनेट बाँकी छदाँ अर्जेन्टिनाको भाग्य चम्कियो । मार्कोस रोजोले गोल गर्दै अर्जेन्टिनालाई प्रिक्र्वाटफाईनलको यात्रा तय गराउने निर्णायक गोल गर्दै भाग्य लेखिदिए । रोजोलाई ग्रावियल मेर्काडोले पास उपलब्ध गराईदिएका थिए । रोजोको विश्वकपमा पहिलो गोल थियो । उनी सबैको प्रिय एवं रोजाईमा पर्न थाले ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…