
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र निर्माणाधिन व्याडमिन्टन कभर्ड हलको लागि १० लाख रुपैयाँ छुट्टाइएको छ । आर्थिक वर्ष ०७५/०७६ को लागि बजेट उपलब्ध गराईएको हो । हलको अहिले माथि छाउने काम अगाडि बढेको छ । साढे तीन करोडको चारवटा कोर्टसहित अन्य पुर्वाधार समेत रहने गरी हल निर्माण गरिएको हो ।
आर्चरी १० लाख रुपैयाँ आएको छ । गत वर्ष आर्चरीकै लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । आर्चंरी खेल मैदानमा अहिले जमिन सम्याई माटो भर्ने काम शुरु गरिएको छ । माटो भरेपछि दुवो रोप्ने योजना कास्की जिल्ला आर्चरी संघले बनाएको छ ।
परिषदले पोखरा रंगशालास्थित ह्याण्डबल कोर्ट निर्माणको लागि ९० लाख रुपैयाँ सुनिश्चितताको बजेट पठाएको थियो । उपभोक्ता समिति मार्फत काम गरिएको छ । कोर्टसहित चेन्जिङ रुम, शौचालय लगायतका पुर्वाधार बनाइएको छ । कोर्टसँगै दुई स्टेपको प्यारापिट निर्माण गरिएको छ । त्यही बजेटमध्ये ८० लाख रुपैयाँ आर्थिक वर्ष ०७५÷०७६ मा निकासा भएको जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको छ । Photo by- Deepak Godar


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…