
एजेन्सी-अतिरिक्त समयमा दुई गोल गरेपछि कोरियाले विश्वकप विजेता जर्मनीमाथि रवाफिलो जित मात्रै निकालेन् । रसिया विश्वकपबाट बाहिरिने टोलीमा जर्मनीको नाम समेत समावेश गरिदिएको छ ।
सन १९९८ मा विश्वकप उचालेको फ्रान्स सन २००२ मा पहिलो चरणबाटै बाहिरिएको इतिहासलाई जर्मनीले पनि उस्तै गरी दोहोर्यादाँ रसिया विश्वकपबाट दुखद विदाई लियो । उपाधि दाबेदारिको रुपमा हेरिएको जर्मनीको अप्रत्यासित हारले कोरिया विश्वकप फुटबलमा आफनो छविलाई उचाईमा पु्रयायो ।
उता जर्मनीसँग पराजय भएको स्वीडेनले मेक्सिको माथि महत्वपूर्ण जित निकाल्दै अन्तिम १६ को स्थान पक्का गर्यो । स्वीडेन र मेक्सिको दुई दुई जितसँग ६ अंक जोड्दै नकाउट चरणमा प्रवेश गर्दा कोरियाले जर्मनीलाई पराजित गर्दै ३ अंक लिदैं अंक विहीनको अवस्था अन्त्य गरेको छ ।
९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयमा कोरियाले २ गोल हिर्काएपछि जर्मनीको यात्राले विट मार्यो । ९० प्लस २ मिनेटमा किम योङ ग्वोनले गोल गरे । अर्को गोल भने ९० प्लस ६ मिनेटमा सन ह्युङ मिनले गोल गरेपछि जर्मनीको दुखद विदाई हुन पुग्यो । कोरिया स्वीडेन र मेक्सिकोसँग पराजित भएको थियो । स्वीडेनले मेक्सिकोलाई महत्वपूर्ण खेलमा ३-० गोलले पराजित गर्दै शीर्षस्थनमा रहेर नकाउट चरण प्रवेश गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…