
राजविराज (खेलाडी न्युज)-राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो।
पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट हात पारे।
१०२ रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले १९।३ ओभरमा ८ विकेट गुमायो। वारियर्सको जित सहज भने हुन सकेन। १७ ओभरमा ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा जितबाट मात्र ३ रन टाढा रहंदा श्रवन यादबले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिए पछि खेल रोमान्चक मोडमा पुगेको थियो।
अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा सन्दिप ढुंगानाले कुनै पनि रन नदिए पछि खडक वरियर्स दबाबमा परेको थियो। अन्तिम ओभरमा बलिङ्ग गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल रोमान्चक स्थितिमा थियो तर उपेन्द्र रोयले वरियर्सको जितको पर्खाइ लम्ब्याएनन्। तेश्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै उनले टिमलाई रोमान्चक जित दिलाए।
बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए। यसक्रममा उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए। खेलको म्यान अफ द म्याच चुनिएका बिबेक यादबले रु १ हजार ५०० प्राप्त गरे जसलाई राजविराज नगरपालिकाका सामाजिक साखा प्रमुख कल्पना देबले पुरस्कार प्रदान गर्नु भयो। प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो खेलमा बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…