
पोखरा रंगशाला
पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला प्रवेश गर्न अब अनिवार्य पास देखाउनुपर्छ । पास विना सर्वसाधारणलाई रंगशाला परिसर भित्र प्रवेशमा रोक लगाउने निर्णय जिल्ला खेलकुद विकास समितिले गरेको छ । समितिले भदौ १ गतेदेखि लागु हुने गरी सर्वसाधारणलाई सूचीत समेत गरिसकेको छ । एक महिनाभित्रमा प्रवेश पास नलिएका सर्वसाधारण, खेलाडी, खेलसंघका पदाधिकारी, स्वयं सेवक प्रशिक्षक सबैलाई प्रवेश निषेध गरिने समितिले जनाएको छ ।
‘बैशाख देखि नै परिचयपत्र(पास)को व्यवस्था गर्ने निर्णय गरेका थियौं । तर नयाँ आर्थिक वर्षदेखि शुरुगर्ने नीति अनुसार एकमहिनाको समय थप गरेर फर्म संकलन गरिरहेका छौं ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘साउनभित्र कार्ड वितरण गर्ने छौं । भदौ १ गतेदेखि प्रवेशद्वारमै कर्मचारी राखेर पास निरिक्षण गरेर मात्रै प्रवेश गराउने व्यवस्था मिलाउँछौ ।’
अनिवार्य पास लागु गरेपछि खेलकुद एवं रंगशालामा बढ्दै गएको बेथिति नियन्त्रण हुने विश्वास समेत खेलकुद विकास समितिले जनाएको छ । पासको लागि समितिले सम्पूर्ण खेलकुद संघ, खेलाडी, तथा खेलसंघका पदाधिकारीलाई जानकारी गराईसकिएको भन्दै कार्यालय प्रमुख बरालले संकलित फर्म अनुसार कार्डको तयारी अन्तिम चरणमा पुगेको सुनाए ।
पास नलिएकोलाई रंगशाला प्रवेशमा रोक लगाईने छ । समितिले खेलाडी, खेल संघका पदाधिकारी, अन्य पदाधिकारी, रंगशालामा विहानी समयमा मर्निङ वाक गर्न आउने सर्वसाधारणका सबैको छुट्टाछुट्टै पासको व्यवस्था गरिने उनले सुनाए । खेलाडीको पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय÷प्रदेश तथा जिल्ला स्तरीय पदक विजेता खेलाडीको छुट्टाछुट्टै पासको बनाइने उनको भनाई थियो । पास बनाउन खेलाडीको लागि एकसय रुपैयाँ र सर्वसाधारणको लागि पाँच सय रुपैयाँ शुल्क लिने जनाइएको छ । पास एकवर्ष अवधिको हुने छ । त्यसपछि पुन नविनकरण गर्नुपर्ने समितिले उल्लेख गरेको छ ।
संकलित फर्मको आधारमा खेलाडीको लगत संकलन गर्ने लक्ष्य खेलकुद विकास समितिले लिएको छ । प्रत्येक संघ र त्यसमा आवद्ध भएका खेलाडीको तथ्यांक राखिने छ । यस भन्दा अघि खेलाडीको बारेमा पूर्ण विवरण खासै राखिएको छैन् । संकलित फर्मकै आधारमा खेलाडीको तथ्यांक भनेकै समयमा खोज्ने प्रविधि सफ्टवेयर नै बनाउने समितिले जनाएको छ ।
‘खेलाडी तथा खेल संघको पदाधिकारीको सम्पूर्ण विवरणसहित सफ्टवेयरमा राखेपछि पास उपलब्ध गराउछौं ।’ उनले भने–‘प्रत्येक खेलाडीको परिचयपत्रमा बारकोड राखिने छ । जुन कार्डलाई मेशिनले रिड गरेपछि मात्रै रंगशाला छिर्ने पाउने व्यवस्था गरिने छ । त्यसको लागि पनि परिचयपत्र वितरणमा ढिलाई भएको हो ।’ सामान्य पास मात्रै वितरण गर्दा परिचयपत्रको डुब्लिकेसन(चोरी) हुने भएकोले पनि खेलकुद विकास समितिले बारकोडको व्यवस्थासहित परिचयपत्र वितरण गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले बताए ।
‘अनिवार्य परिचय पत्रको व्यवस्था गरेपछि पोखरा रंगशालाभित्र अवाञ्छित गतिविधि नियन्त्रण हुन्छ ।’ कोषाध्यक्ष गोदारले भने–‘अनावश्यक व्यक्तिको प्रवेश नियन्त्रणले समस्या निराकरण हुन्छ ।’ यतिबेला पोखरा रंगशाला भौतिक पुर्वाधार निर्माणको कार्य अगाडि बढ्दै गएको छ । भौतिक पुर्वाधार समेत संरक्षण गर्नुपर्ने अवस्थाले पनि अनिवार्य पास व्यवस्था गर्नुपर्ने खाँचो बढ्दै गएको समितिले औल्याउँदै आईरहेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…