
पोखरा(खेलाडी न्युज)-महिला साग फुटबललाई लक्षित गर्दै निर्माणको तयारी गरिएको पोखरा फुटबल स्टेडियम टेण्डर प्रक्रियाको मूल्यांकनमै रोकिएको छ । गएको साउन ८ गते स्टेडियम निर्माण गर्न दुई कम्पनीले चासो देखाएपछि ती कम्पनी बीच मूल्यांकन गरिदैं छ । राष्ट्रिय खेलकुद परिषदले दुई कम्पनीको मूल्यांकनलाई झण्डै महिनादिन वित्दा पनि अझै फाईनल गरिसकेको छैन् । यसले गर्दा पोखराका फुटबल प्रेमीमा आंशका उब्जिन थालेको छ ।
पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका हुन् । कम्पनी चार भएपनि जोईन्ट भेन्चरमा काम गर्ने गरी खरीद गरेका छन् । अहिले मूल्यांकनमा छन् ।
‘टेण्डरको प्राविधिक मूल्याकन हुदैं छ ।’ राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायले भने–‘मन्त्री र परिषदका सदस्य सचिव एशियन गेम्समा गएकोले ढिलाई हुन पुगेको छ ।’ युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा तथा परिषदका सदस्य सचिव केशवकुमार विष्ट १८ औं एशियन गेम्सको लागि इण्डोनेसिया गएका छन् । इण्डोनेसियाबाट फर्किएपछि मूल्यांकनको काम टुग्याई आर्थिक प्रस्तावमा लैजाने उनले सुनाए ।
‘मूल्यांकन सकिने वित्तिकै आर्थिक प्रस्तावको टेण्डर प्रक्रिया गर्छौ ।’ उनले भने–‘मूल्यांकनमा दुवै पास भए आर्थिक प्रस्ताव गरिने छ ।’ मूल्याकनमा दुवै कम्पनी पास हुन पनि सक्छन् नहुन पनि सक्छन् । एउटा मात्रै पास पनि हुन सक्ने छ । गत वर्षपछि अन्तिममा एउटा मात्रै कम्पनीलाई रद्द गर्दै पुर्नटेण्डर आह्वान गरिएको हो ।
आगामी फागुनमा साग गेम्स आयोजना गरिदैं छ । त्यसको लागि आवश्यक पुर्वाधार तयार पार्नुपर्ने खाँचो नेपालको काँधमा छ । तर मुख्य पोखराको फुटबल स्टेडियम बन्नेमा अझै ढिलाई हुने संकेत देखिदैं गएको छ । यसले गर्दा गतवर्ष झै रद्द नै हुन्छ कि भन्ने पिरलो पनि पोखराका फुटबलप्रेमीले गर्दै आएका छन् । टेण्डरपछिको मूल्यांकन प्रस्तावमा गहन छलफल गर्नुपर्ने जनाउँदै समय यकिन नै नहुने उनको भनाई थियो ।
खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । परिषदले पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन ५३ करोड रुपैयाँ विनियोजन समेत गरिसकेको छ । आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो । जोईन्ट भेन्चरमा रहेको कम्पनीको कार्यक्षमता र दक्षता, कम्पनीको वार्षिक टर्न ओभर लगायत अध्ययन परिषदले गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…