
पोखरा(खेलाडी न्युज)-इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङको एक्युरेसी विधामा पदक विहीन बनेको नेपाली टोलीले भोलि शनिबारदेखि अर्को विधा क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै छ । क्रसकन्ट्रीको प्रतिस्पर्धामा नेपाली टिमले पदकको आशा गरेको छ ।
‘भोलिदेखि क्रसकन्ट्रीकोा प्रतिस्पर्धा हुदैं छ । शुक्रबार मौसम खराब भएकोले टेष्ट फ्लाईट मात्रै गरियो । शनिबारदेखि प्रतिस्पर्धा शुरु हुन्छ ।’ इण्डोनेसियामा रहेको प्याराग्लाईडिङका अफिसियल शैलेन रावतले भने–‘हामीले पदकको आशा गरेको यही क्रसकन्ट्रीमा हो । पदक जित्नेमा हामी ढुक्क र आशावादी छौं ।’
इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने छन् । क्रसकन्ट्रीको लागि निश्चित दुरी र उचाई पार गरी ल्याण्डिङ गर्नुपर्ने प्रावधान हुन्छ । क्रसकन्ट्रीमै नेपाली टिमले सन २०१६ मा इण्डोनेसियमा आयोजित प्रतिस्पर्धामा स्वर्ण पदक जितेर फर्किएको थियो । त्यसले गर्दा पनि पदकको आशा गर्न सकिने उनले सुनाए ।
पाँचौ राउण्डमा फाईनल हुन्छ । दैनिकजसो टास्क परिवर्तन हुन्छ । शुक्रबार प्राक्टिसको लागि ४० किलोमिटरको दुरी थियो । तर मौसम खराब भएकोले शुक्रबार तय भने खासै गर्न नसकेको सहभागि पाईलट शुशिल गुरुङले जानकारी दिए । प्रत्येक ६ किलोमिटरको दुरीमा एउटा प्वाईन्ट राखिन्छ । जति धेरै प्वाईन्ट पार गरियो त्यसबाट नम्बर काउण्ट हुन्छ । ‘प्रत्येक दिन टास्क फरक हुन्छ । फरक फरक टास्कमा प्रतिस्पर्धा गर्नुपर्छ ।’ उनले भने–‘प्वाईन्ट पार गरेको आधारमा नम्बर जोडिन्छ । जसले धेरै पार गर्यो उसैले जित्छ । प्वाईन्ट पार गरेको रकेर्ड भने जिपिएसले देखाउँछ ।’ टास्क पुरा गर्न उचाईमा उड्दा सहज हुने छ । सहभागि प्रत्येक खेलाडीले दिइएको टास्क पुरा गर्नुपर्ने हुन्छ । टास्क पुरा नगरेको अवस्थामा खेलाडीले टास्क कमिटिले तोकेको प्वाईन्टको आधारमा अंक पाउने छन् । अन्तिममा सबै अंक जोडेर फाईनल रिजल्ट निकालिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…