
पोखरा(खेलाडी न्युज) राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सब पोखरामा पनि मनाइएको छ । पोखरामा परिषदको वार्षिकोत्सवको अवसरमा व्याडमिन्टन प्रति योगिता आयोजना गरिएको छ । प्रतियोगिता कास्की जिल्ला खेलकुद कर्मचारी संघले पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तर सरकारी कार्यालय संस्थानरकर्मचारी बीच व्याडमिन्टन प्रतिस्पर्धा हुने छ । जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष अरुण दत्तका अनुसार प्रतियोगितामा पुरुष सिगल्स तर्फ १६ र डबल्स तर्फ १६ टिमको रहेको छ । महिला तर्फ सिंगल्समा ४ टिमले प्रतिस्पर्धा गर्ने उनले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले एशियाडमा नेपाली प्याराग्लाइडिङ खेलले नेपालका लागि पदक ल्याउनु सबैका लागि सुखद रहेको बताए । उनले परिषदको नीति निर्देशनमा रहेर कर्मचारी एवं प्रशिक्षकले आफनो पदीय जिम्मेवारी पुरा गर्नुपर्नेमा समेत जोड दिए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख एवम कर्मचारी संघका अध्यक्ष लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार,अन्तर संस्थान कर्मचारी संघका सचिब प्रकाश बराल, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगाएतले शुभकामना दिएका थिए । प्रतियोगिता आज र भोलिसम्म चल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…