
पोखरा(खेलाडी न्युज)- छ महिनापछि नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने छ । त्यसको लागि आवश्यक पुर्वाधार तयारी बारे युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले स्थलगत निरिक्षण गरेका छन् ।
फागुनमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद समयमै सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन पूर्वाधार निर्माण भईरहेको त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा युवा तथा खेलकुद सचिव र राष्ट्रिय खेलकद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको समेत उपस्थिती रहेको थियो ।
पूर्वाधारको निरिक्षण गर्दै युवा तथा खेलकुद मन्त्री बि.क.ले समयमै पूर्वाधार सम्पन्न गर्न निर्देशन दिए । तर पोखरामा आयोजना हुने महिला फुटबल भने हुने र नहुने अझै निश्चित छैन् । फुटबलको लागि आवश्यक पुर्वाधार पोखरा रंगशालामा छैन् । फुटबल मैदानका दुई प्यारापिट भत्काएर फुटबल स्टेडियम नै नयाँ बनाउने योजनासहित टेण्डर प्रक्रियामा छ । टेण्डर प्रक्रिया अझै टुंगिएको छैन् । टेण्डर प्रक्रिया नटुंगिदाँ महिला साग फुटबल पोखरामा हुने सम्भावना क्षीण हुदैै गएको छ ।
टेनिसको हार्ड कोर्ट र क्लेकोर्टसहित पुर्वाधार निर्माण शुरु गरिसकिएको छ । पाँचवटा कोर्ट अहिले यथावत छन् । आर्चरीको मैदान पनि पूर्ण रुपमा बनाईसकिएकोछ । ह्याण्डबलको लागि समेत आवश्यक माटे मैदान तयार पारिएको छ । यद्यपी पोखरामा महत्वपूर्ण मानिएको महिला फुटबल बारे अझै अन्यौलता छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…