रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप, उदघाटनमा आयोजक र तनहुँ फुटबल संघ भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तीजकै मेसोमा लेखनाथमा आयोजित २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगितामा आयोजक आदर्श क्लबले छिमेकी तनहुँ फुटबल संघको चुनौतिलाई उदघाटनमै झेल्नुपर्ने तय गरिएको छ । क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार उदघाटन खेल आयोजक आदर्शले तनहुँ फुटबल संघसँग बुधबार भण्डारढीक खेल मैदानमा खेल्ने छ ।

आयोजक आदर्श क्लबले मनाङ र नेपाल पुलिस क्लबका खेलाडीलाई टोलीमा समाहित गरेको छ । खेलाडी भने लेखनाथकै हुन् । सात वर्षपछि हुन लागेको प्रतियोगितामा नेपाल पुलिसका डिफेन्स अजित भण्डारी घरेलु मैदानमा सातवर्षपछि नै आयोजकको जर्सीमा उत्रिने छन् । उनीसँगै विसन गुरुङ, विमल राना र सुवास तामाङ तथा भारतीय सेनाबाट विदा लिएर फुटलब खेल्ने आएका मनिष तामाङलाई टोलीमा समावेश गरिएको छ ।

adarsha 24 cup

दोस्रो खेल पोखरा ११ ले स्याङजा फुटबल संघसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल शसस्त्र प्रहरी बलले विग्रेड व्वाईज क्लबसँग खेल्ने छ भने चौथो खेल बाग्लुङ फुटबल संघले जावलाखेल युथ कलबसँग प्रतिस्पर्धा गर्ने छ । २०६७ सालपछि फेरी भण्डारढीक खेलमैदानमा फुटबलको माहौल सृजना हुने छ । २३ औं संस्करण टुग्ंयाएर मैदान निर्माण एवं प्यारापिट निर्माणमा जुटेको आदर्श क्लबले भौतिक पुर्वाधार तयार पारेपछि पहिलो संस्करणको रुपमा फुटबल प्रतियोगिता शुरु हुने छ ।

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरिदिएको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले प्रतियोगिताको टाईटल प्रायोजन गरेको छ । सम्झौता केवल एकवर्षको लागि मात्रै गरिएको छ । प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन्रतिय पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।