
पोखरा(खेलाडी न्युज)-इग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले लेष्टर सिटीलाई २–१ गोलले पराजित गर्दै अंक तालिकमा शीर्षस्थान कायम गरेको छ ।
सादियो मानेको गोलबाट लिभरपुलले लिएको अग्रतालाई दोस्रो हाफ हुनु अघि रोबर्टो फिरमिनोले अर्को गोल थप्दै लिभरपुललाई दुईगोलको अग्रता दिलाए । आन्द्रयुको पासमा मानेले गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफको सिटी फुक्नु अघि लिभरपुलले जेम्स मिल्नरको क्रसपासलाई सदुपयोग गर्दै फिरमिनोले गोल गर्न भ्याए ।
६३ औं मिनेटमा लेष्टरले गोल फर्काउँदै खेलमा फर्किने सम्भावना देखायो । रचिड घेजालले जेम्स म्याडिसनको पासमा गोल गर्दै लेष्टरलाई खेलमा फर्काउने कोशिस गरे । तर अर्को गोल फर्काउन नसक्दा लेष्टर लिभरपुलसँग हार स्वीकार्दै तीन अंक गुमायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…