
पोखरा(खेलाडी न्युज)-बाग्लुङको गल्कोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले बिहीबार एक जित र एक हार व्यहोरेको छ । गण्डकी प्रदेश(४) शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पराजित हुदाँ प्रदेश नं ७लाई पराजित गर्दै एक जित र हारसँगै व्यहोरेको छ ।
एपीएफसँग २५–२०,२५–१३,२५–१६ को सेटमा पराजित भएको गण्डकी प्रदेशले बिहीबार प्रदेश नं ७ लाई भने २५–१६, २५–१५ र २५–१६ को सेटमा पराजित गर्दैै सेमिफाईनलको सम्भावना यथावत राखेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने दोहोरो जित निकाल्ने क्रममा प्रदेश नं ७ र कर्णाली प्रदेश(६)लाई सोझो सेटमा पराजित गरेको छ ।
नेपाल भलिबल संघको व्यवस्थापन तथा गल्कोट नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा आर्मीले पहिलो खेल प्रदेश नं ७ लाई २५–६, २५–११ र २५–८ को सेटले पराजित गर्दा अर्को खेलमा पनि आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–८ को सेटमा पराजित गरेको थियो । त्यसैगरी नेपाल प्रहरीले पनि प्रदेश नं ३ लाई २५–११, २५–७, २५–१३ को सेटमा पराजित गरेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…