आठौंमा फुलकन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश टिम च्याम्पियन, ४ स्वर्ण, ३ रजत र २ कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ५ गते २०७६ मा प्रकाशित


नेपालगन्ज(खेलाडी न्युज)-विराटनगरमा आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एउटा मात्रै स्वर्ण पदक जितेको पोखरा(गण्डकी प्रदेश)ले नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने टिम च्याम्पियन बनेको छ । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस परिसरमा भएको प्रतिस्पर्धामा ऐतिहासिक पदक जित्दै टिम च्याम्पियन बन्दा पदक तालिकामा पनि माथि पुगेको छ ।

प्रशिक्षक दिपकबहादुर गोदारका अनुसार ४ स्वर्ण, ३ रजत र २ कास्य पदक गण्डकी प्रदेशले जितेको छ । ७ वटा तौल समूहमा फाईनलमा प्रतिस्पर्धा गरेको गण्डकी प्रदेशले ४ स्वर्णमा आफनो पकड राख्यो । खुला तौल समूहमा रुपक नेपाली, रोहन सिञ्जाली, गोविन्द रोका र महिला तर्फ युनिका शेरचनले स्वर्ण पदक जितिन् । जीवन गुरुंग, प्रिज्मा कुँवर र सरगम कुमाल भने फाईनल पराजित भएका थिए । गत वर्ष स्वर्ण पदक जितेकी महिला खुलाकी सुष्मी श्रेष्ठ भने कास्य पदकमा चित्त बुझाईन् ।

ऐतिहासिक पदक जितेपछि प्रशिक्षक गोदारका अनुसार झण्डै एक महिना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएपछि प्राप्त गरेको उपलब्धी हो । खेलाडीलाई प्रशिक्षणसँगै डाईटको व्यवस्था गरिएको फुल कन्ट्याक्ट कराँतेका पुर्व राष्ट्रिय खेलाडीहरुको सहयोगी भूमिका थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिका अध्यक्ष सम्पनन श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी हरि खड्का, कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष यामबहादुर गुरुंगले लगायत विभिन्न व्यत्तिगत सहयोग गरेका थिए । चन्द्र गुरुंग, विष्णु केसी, सागर गिरी, कमल क्षत्रीले लगायतले समेत प्रशिक्षणमा रहेका खेलाडीलाई डाईटको व्यवस्थापन गरिदिएका थिए ।