
पोखरा (खेलाडी न्युज) पुस २५ –पोखरामा कास्की जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता हुदैै छ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरा रंगशालामा बिहीबारदेखि हुने प्रतियोगिता नवौं संस्करण हो ।
प्रतियोगितामा विजेताले नगद १० हजार र साथमा ट्रफी पाउने छन् । पुष २९ गतेसम्म संचालन हुने प्रतियोगितामा दोश्रो हुनेलाई नगद ७ हजार, तेश्रोलाई ४ हजार चौथोलाई २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष कर्ण गुरुङले बताए । पाँचौदेखि १० औं स्थानसम्म आउने प्रतियोगीहरुलाई नगद १ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…