
पोखरा(खेलाडी न्युज) पुस २५ –
फ्रान्सले उत्कृष्ठ फुटबल प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई प्रदान गरेको छ ।
जिदानले गतवर्ष रियललाई पाँच ट्रफी जिताएका थिए । उनले फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई पछि पारे । फ्रान्सेली लिग च्याम्पियन लिओनका प्रशिक्षक ब्रुनो जेनेसियोलाई पछि पार्दै उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भए ।
जिदान गतवर्ष फिफा मेन्स प्रशिक्षकको पुरस्कारबाट समेत सम्मानित भएका थिए । यो सिजनमाभने उनको प्रशिक्षकत्वमा रहेको रियल मड्रिड भने खराब लयबाट गुज्रिएको छ । स्पेनीस ला लिगा अन्तर्गत बार्सिलोनासितको पहिलो लेगमा पराजित भएको रियल मड्रिड १६ अंकले पछाडि परेको छ । रियलले अब च्याम्पियन लिग अन्तर्गत पेरिस सेन्ट जर्मेनसित प्रतिस्पर्धा गर्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…