
खेलाडी न्युज,पोखरा २७ पुस- कास्की जिल्ला सेपाक ताक्रो संघले बिहीबार सम्मान गरेको छ । राखेप च्याम्पियनसिप अन्तर्गत काठमाडौंमा सम्पन्न सेपाक ताक्रोमा उपविजेता बन्दै फर्किएका खेलाडीलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । संघको पाँचौ साधारण सभाको अवसरमा रेगु इभेन्टमा उपविजेता बनेको खेलाडीलाई सम्मानित गरियो ।
पश्चिमाञ्चलबाट सहभागि भएका खेलाडीहरु सोममाया थापा मगर(कप्तान), लिजा गुरुङ, गेनिसा थापा मगर, तिर्सना सुुनुवार र बेनिका थाडामगर र प्रशिक्षक मोहन गुरुङलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले सम्मान गरेका हुन् ।
२०५८ सालबाट पोखरामा शुरुवात भएको सेपाक ताक्रो २०६४ सालमा राखेपमा विधिवत दर्ता भएको हो । सिंगापुरे लाहुेर बिदा मनाउन आउने क्रममा सेपाक ताक्रो खेल पोखरा भित्रयाएका हुन् । पोखराको अमरसिंह चोकमा खेल्न शुरु गरेपछि विस्तारहुदैं डेढदशकमै राष्ट्रियस्तरमा आफनो छवि बनाउन सफल भएको छ । पश्चिमाञ्चल टोलीले पुर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तथा पुरुष टिमले रेगु र डबल इभेण्टमा स्वर्ण र रजत पदक जितेको थियो ।
दर्ताको एक दशक वितेपनि सेपाक ताक्रोको प्रशिक्षण गराउने प्रशिक्षक कास्कीमा छैनन् । केन्द्रीय संघसँग आवश्यक प्रशिक्षक नियुक्त गर्न माग समेत साधारण सभामा गरिएको थियो । संघले पोखरा रंगशालाभित्र अहिले नियमित रुपमा प्रशिक्षण गराउँदै आएको छ । प्रत्येक विद्यालयमा सेपाक ताक्रोको प्रचारप्रसार तथा प्रशिक्षण समेत गराउने संघले जनाएकोछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…