
धन बस्नेत,पोखरा, २७ पुस –
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिला तर्फको नेपाल प्रहरीको खेलाडीको बर्चस्व रह्यो । बिहीबार पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतिस्पर्धामा नेपाली सेनाले एक स्वर्ण लिदाँ बाँकी तीन स्वर्ण पदक नेपाल प्रहरीको पोल्टामा पर्यो।
६३ केजी तौल समूहमा नेपाली सेनाकी मनिता श्रेष्ठले स्न्याचमा ६० केजी उठाउँदै स्वर्ण जितिन् । उनले क्लिन एण्ड जर्कमा पनि ८० केजी उठाउँदै समग्रमा १४० केजी भार उठाएर स्वर्ण पदक आफनो नाममा लेखाउँदा सारदा चौधरीले रजत पदकमा चिक्त बुझाईन् । उनले स्न्याचमा ५६ र क्लिन एण्ड जर्कमा ७२ केजी भार उठाईन् । मनिताले ८० केजी भार उठाएपछि ९१ केजी तौल उठाउने प्रयास गरिन् । उनको त्यो तौल भने राष्ट्रिय किर्तिमानको लागि थियो । झन्तकुमारी कटुवालले राखेको राष्ट्रिय किर्तिमान(९० केजी)लाई तोड्न मनिताले दुई पटक प्रयास गरिन् तर अफसल भईन् ।
त्यसैगरी ६९ केजी तौलमा नेपाल प्रहरीकी राज्यलक्ष्मी थापाले स्न्याचमा ६० र क्लिन एड जर्कमा ८३ केजी तौल उठाएर स्वर्णप पदक जितिन् । नेपाली सेनाकी उषा खड्काले स्न्याचमा ५२ र क्लिन एण्ड जर्कमा ७० केजी तौल उठाएर रजत पदक र नेपाल प्रहरीकी जानुका बुढाले स्न्याचमा ४५ केजी उठाउँदै कास्य पदक जितिन् । ७५ केजी तौल समूहको प्रतिस्पर्धामा नेपाल प्रहरीकी लक्ष्मी बनले स्न्याचमा ६३ र क्लिन एण्ड जर्कमा ८० केजी भार उठाएर स्वर्ण पदक आफनो नाममा लेखाउन सफल भईन् । त्यस्तै नेपाली सेनाकी मनकुमारी कुमालले स्न्याच र क्लिन एण्ड जर्कमा क्रमश ५८ र ७६ केजी भार उठाएर रजत पदक जितिन् । सप्तरीकी शान्ति चौधरीले भने कास्य पदक जित्न स्न्याचमा ५५ र क्लिन एण्ड जर्कमा ७० केजी उठाउँदै समग्रमा १२५ केजी उठाईन् ।
पहिलो पटक समावेश गरिएको महिला तर्फ ९० केजीको तौलमा नेपाल प्रहरीकी तारादेवी पुन एकल प्रतिस्पर्धामा देखिईन् । अन्य प्रतिस्पर्धी विहीन पुनले स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ९७ केजी उठाईन् । ९७ केजी उनको व्यक्तिगत रेकर्ड बन्न पुग्यो । उनले १०१ केजी उठाउँदै किर्तिमान कायम गर्ने प्रयास भने असफल भईन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…