
एजेन्सी(खेलाडी न्युज)- सेल्टा विगोलाई पराजित गर्दै बार्सिलोना किग्स कप प्रतियोगिताको क्र्वाटफाईनलमा प्रवेश गरेको छ । पहिलोलेमा १—० र दोस्रो लेगमा ५—० गोल हुदैं समग्रमा बार्साले ६—० गोल अन्तरले पराजित गर्दै कपको अन्तिम आठमा प्रवेश गरेको हो ।
बार्साको लागि लेयोनेल मेसीले दुई गोल गरे । उनले खेलको १३ औं र १५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । मेसीले दुवै गोल अल्बाको पासमा गरेका थिए । २८ औं मिनेटमा मेसीको पासमा अल्बाले गोल थप्दै बार्सालाई ३—० को फराकिलो अन्तरमा पुर्याए । त्यसको तीन मिनेटमै लुईज स्वरेजले गोल गर्दै अन्तरलाई ४—० मा पुर्याए । दोस्रो हाफमा रिकीटिकीले गोल गरेपछि बार्सा फराकिलो अन्तरमा खेल टुग्यायो ।
लगातार गोलको दवाव खेपेको सेल्टा विगो खेलमा फर्किने सम्भावना पहिलो हाफमै कमजोर हुदैं गएको थियो । दोस्रो हाफमा बार्साले भरपर्दा डिफेन्स जेरार्ड पिकेलाई आराम दिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…