
पोखरा (खेलाडी न्युज)-पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने अवधारणा अनुसार आगामी फागुन ३ गते पोखरा म्याराथन हुदैं छ । सिटी म्याराथनको अवधारणा अनुसार पोखरा म्याराथनको १४ औं सस्करण हुने छ । दौडलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने ध्येय भने भुतपुर्व खेलाडी मञ्च नेपालले लिएको छ ।
दौडलाई सुजल डेरीको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा गरेको छ । पुरस्कार राशी तीन लाख पुर्याउने योजना मञ्चले बनाएपनि दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । दुई लाख रुपैयाँ गतवर्षको शतप्रतिशत बृद्धि हो । मञ्चले पुरस्कार राशीमा गरिएको बृद्धिले विदेशी धावक पनि सहभागिता जनाउने आशा र विश्वास लिएको छ । दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।
म्याराथनसँगै १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहीनको प्रतिस्पर्धा गराईने छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टिविहीन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने छ ।
पोखरा म्याराथन सम्पन्न गर्न करिब ४१ लाख खर्च लाग्ने मंचले जनाएको छ । खेलकुदलाई शान्तिसँग जोड्ने लक्ष्यका साथ खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न ‘भ्रमण वर्ष २०२०’ लाई समेत १४ औँ संस्करणको सफल पोखरा म्याराथनले भुमिका खेल्ने विश्वास लिईएको छ । file pic


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…