
पोखरा, पुस २९- फेवातालको किनार बाराही घाट पोखरामा शनिबारदेखि दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेल नेपालले विजयी शुरुवात गरेको छ ।
नेपालले उदघाटन खेलमा भुटानलाई ४—० गोल अन्तरले पराजित गरेको छ । नेपालको लागि सुनिल विकले दुई र शुशिल लामाले दुई गोल गरेका थिए । भुटानमाथि हावी देखिएको नेपालले पहिलो हाफमा सुनिल विकले ९ र २४ औं मिनेटमा गोल गरेका थिए । निर्धारित ५० मिनेटको खेलमा दोस्रो हाफमा शुशिल लामाले ४२ र ४८ औं मिनेटमा गोल गर्दै खेल नेपालको पक्षमा परेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रींलका सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रदेश सांसद राजीव पहारीले उदघाटन गरेका थिए । लिगकम नकाउटको आधारमा खेलाइने छ । प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।
प्रतियोगितालाई प्रभु मनि ट्रान्सफर, माछापुच्छ«ृे ब्रिक फ्यान्ट्री प्रालि, दीप हाउजिङ, गोर्खा ब्रुअरीको उत्पादन सानमिगेल वियर र रेडबुलले प्रायोजन गरेका छन् । नेपालले सातौं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…