
पोखरा, ३० पुस- नेपाल सेभेन ए साइड फेडेरेशनको आयोजनामा आईतबार फेवाताल किनार बाराही घाटमा भएको दोस्रो दिनको खेलमा पाकिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ । पराजितसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो हाफमै पाकिस्तानले माल्दिभ्स विरुद्ध गोल गर्यो । खेलको २२ औं मिनेटमा समीले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै पाकिस्तानलाई २—० गोलको अग्रता कायम दिलाए । वालिदले सेकेण्ड बार च्याप्दै गोल गरेका थिए ।
पहिलो हाफमा पछि परेको माल्दिभ्सले दोस्रो हाफमा सुधारिएको खेल पस्कदैं खेलको ३३ औं मिनेटमा गोल फर्काए । बी जोनले गोल गर्र्दै माल्दिभ्सलाई खेलमा फर्काउने कोशिस गरेपनि सम्भव भएन् । पराजयसँग प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । प्रतियोगितालाई प्रभु मनि ट्रान्सफर, माछापुच्छ«ृे ब्रिक फ्यान्ट्री प्रालि, दीप हाउजिङ, गोर्खा ब्रुअरीको उत्पादन सानमिगेल वियर र रेडबुलले प्रायोजन गरेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…