
पोखरा(खेलाडी न्युज-पोखरामा आयोजित पर्वतीय दौडको उपाधि आर्मीका सुवास कार्कीले जितेका छन् । पोखरा–१ केआईसिंह पुलदेखि अर्मलाकोटसम्मका १२ किलोमिटर पर्वतीय दौड ओखलढुंगाका कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाए ।
मोरङका याङदेव राईले ५४ मिनेटको समयमा पुरा गर्दै दोस्रो स्थानमा रहे । रुकुमका दुर्गाराज बुढाले ५५ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे । पुरुष तर्फको दौडमा २८ जना धावक सहभागि थिए । महिला तर्फ भने ५ जना धाविकाहरु प्रतिस्पर्धामा थिए । महिला तर्फ ललिता भण्डारी प्रथम र कोमली खड्काले दोस्रो स्थानमा रहिन् । प्रतियोगितामा ५२ वर्षिय आईलाल शाहीले पनि दौड पुरा गरेका थिए ।
१२ किलोमिटर पर्वतिय दौड सुन्दरफिड चोक, बाटुलेचौर, महेन्द्र गुफा, घार्मी खोला, अर्मला डिही, डाँडा बिसाउना हुँदै अर्मला कोटमा पुगेर टुंगिएको थियो । पोखरा महानगर पालिका १६ अर्मलामा स्थानिय दुर्गा युवा क्लबले वर्षेनी बसन्त पञ्चमीको दिनमा पर्वतीय दौड आयोजना गर्दै आएको छ ।
दौडमा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिएको छ । विजेता धावकहरुलाई संघीय सांसद विद्या भट्टराईले पुरस्कार प्रदान गरिन् । अर्मलाकोट श्री सिता आधारभुत विद्यालयको खेल मैदानमा पुरुष भलिबल समेत हुने भएको छ । पुरुष भलिबलमा प्रथम र द्वितिय हुनेले क्रमश नगद ४० हजार र २५ हजारका साथमा कप, मेडल र ट्रफी प्राप्त गर्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…