
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष जगतबहादुर थापलाई दिईएको छ । कास्की जिल्ला फुटबल संघको बिहीबार बसेको छलफलबाट अर्को व्यवस्था नहुन्जेलसम्म लागि थापालाई कार्यबहाकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
गत माघ ७ गते पोखरा महानगरपालिका २९ स्थित भण्डारढीक खेल मैदानमा आयोजित मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उदघाटन समारोहमा कास्की जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष एवं प्रदेश लिग कमिटिका उपाध्यक्ष मिलन गुरुंगमाथि हातपात भएको थियो । गण्डकी प्रदेश सदस्य राजीव गुरुग उर्फ दिपक मनांगेले मनांगबाट आएको टोलीलाई व्यवस्थापन राम्रोसँग नगरेको भन्दै हातपात गरेका थिए ।
हातपातपछि अध्यक्ष गुरुंगले जिल्ला प्रहरी कार्यालय कास्की समक्ष जाहेरी दिए । जाहेरीपछि सदस्य गुरुंगलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । त्यसको भोलिपल्टै फुटबल संघ कास्कीका अध्यक्ष गुरुंगलाई बैकिंग कसुरको आरोपमा पक्राउ गरिएको थियो । उनलाई नियन्त्रणमा लिएसँगै प्रहरीले सात दिने म्याद थपेको छ ।अध्यक्ष गुरुंग विरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।
अध्यक्ष गुरुंग प्रहरी नियन्त्रणमै रहेको अवस्थामा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पा मुख्यमन्त्री कपको फाईनलमा उपस्थिति भएका थिए । अध्यक्ष शेर्पाले प्रहरी नियन्त्रणमा रहेको कास्कीका अध्यक्षलाई समेत भेटेपछि शेर्पाकै निर्देशन बमोजिम तत्कालको लागि अर्को निर्णय नहुन्जेलसम्म संघको कार्यबहाक जिम्मेवारी थापालाई दिने निर्णय गरिएको हो ।
संघका महासचिव रमेश कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा कास्की जिल्लाको फुटबलको विकासको गति दिन र पारदर्शिताको अंंगिकार गर्न बर्तमान कार्यसमिति प्रतिबद्ध रहेको उल्लेख छ । एन्फा कास्कीमा विगतका दिनमा भएको आर्थिक गतिविधिलाई केन्द्रीयस्तरबाट छानविन समिति गठन गरी यथासिघ्र छानविन प्रक्रिया अगाडि बढाउन केन्द्रलाई अनुरोध गर्ने निर्णय समेत गरिएको उल्लेख छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…