
पोखरा(खेलाडी न्युज)-पोखरा म्याराथनको १४ औं सस्करणको तयारी रहदाँ अक्षयकोष स्थापना गर्ने तयारी सहित आर्थिक सहयोग जुटाइएको छ । बेलायतस्थित योगेश गुरुङले च्यारिटी गरेर संकलन गरिएको ६ लाख ५० हजार रुपैयाँबाट म्याराथनको लागि अक्षयकोष स्थापना गरिने छ ।
योगेश गुरुङले च्यारिटी मार्फत संकलित ६ लाख रुपैयाँ नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरणसँगै थप ५० हजार रुपैयाँ समेत सहयोग जुटेको योगेश गुरुङले नेपाल भुतपुर्व खेलाडी मञ्चलाई जानकारी दिईएको छ । ‘अक्षयकोष स्थापना गरेर म्याराथनको लागि आगामी वर्ष केही सहज हुने अपेक्षा छ ।’ भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले भने–‘अक्षयकोषको रकमबाट प्राप्त व्याजले ५ किलोमिटर छात्रा तथा छात्र दौड विजेतालाई पुरस्कार प्रदान गरिने छ ।’
दौड विजेतालाई क्रमश १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने छ । पाँच किलोमिटर छात्रा तथा छात्र तर्फको विजेतालाई समान १०, ७ र ४ हजार रुपैयाँ प्रदान गरिने मञ्चले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विभिन्न इभेण्टका विजेतालाई नगद पुरस्कार स्वरुप ५ लाख ३२ हजार रुपैयाँ खर्च हुने छ ।
म्याराथनको लागि पोखरेली युके मञ्चले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । त्यसैगरी मेजर लक्ष्मीप्रसाद गुरुङले पनि ह्वीलचियर दौडको लागि २०हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । पोखरा म्याराथन युकेका संयोजक मन्जु गुरुङ समेत सहभागिताको लागि पोखरा आईपुगेकी छन् ।
शनिबार आयोजित म्याराथनमा १३ देशका १९ जना विदेशी धावकहरु समेत शान्ति दौडमा सहभागिता रहने छ । म्याराथनलाई अन्तराष्ट्रियकरण गर्न भुतपुर्व खेलाडी मञ्चले एशोसियसन अफ इन्टरनेशनल म्याराथन सोसाईटीसँग आवद्ध हुने तयारी भईरहेको मञ्चका अध्यक्ष गुरुङले बताए । ‘पोखरालाई अन्तराष्ट्रियस्तरमा पहिचानसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य छ ।’ उनको भनाई थियो । शान्ति दौडको लागि अमेरिका, बेलायत, जापान, सिंगापुर, अष्ट्रिया, अष्ट्रेलिया, इन्डोनेसिया, पोर्चुगल, नेदरल्याण्ड र आयरल्याण्ड लगायतका देशका धावकहरु सहभागिता जनाउने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…