
पोखरा(खेलाडी न्युज)-पोखरेली ट्याक्सी सेवा प्रा.लि. चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । व्यवासायीहरुको सहयोग र कम्पनीको कोषबाट उक्त रकम सहयोग गरिएको प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । प्रा.लि.का अध्यक्ष तिवारीले धुमुर्स सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का संस्थापक अध्यक्ष ऐनकुमार साईले मैदानको लागि ५१ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गरेका छन् । भीमपथ बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्दै हौसला थपे । राष्ट्रिय भावनाका साथ आफू रंगशाला निर्माण अभियानमा लागेको बताउँदै कलाकार कट्टेलले सहयोग गर्ने पोखरेली ट्याक्सी सेवा प्रा.लि. लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।
रंगशाला निर्माणको लागि पोखरामा आबद्ध ट्याक्सीहरुमा नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’का पोस्टरहरु टाँसिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्धाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणमा सहयोग गर्ने उद्देश्यले यो चलचित्रको पोस्टर टाँस्दै प्रवद्र्धन गरिएको हो । चलचित्रको प्रचारप्रसारमा सघाउने उद्देश्यले पोस्टरहरु निःशुल्क टाँसिएको प्रा.लि.का अध्यक्ष तिवारीले जानकारी दिए । ‘सामाजिक उत्तरदात्यिव वहन गर्ने उद्देश्यले पोस्टर टासेर सहयोग गरिएको हो,’ उनले भने ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा अमरसिंहचोकस्थित खुल्ला चौरमा कार्यक्रम गर्दै पोस्टर टाँसिएको हो । प्रा.लि.मा आबद्ध ३५ वटा सेवा केन्द्रका ५ सय वटा ट्याक्सीमा स्टिकर टासिएको छ । कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) पनि सहभागी थिए ।
सोही अवसरमा पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले क्रिकेट रंगशाला निर्माणार्थ कार्यक्रममा महासंघका उपाध्यक्ष ऐनकुमार साई, कास्की जिल्ला यातायात समन्वय समितिका अध्यक्ष केदार पौडेल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी, कलाकार सिताराम कट्टेल, मजदुर संगठनका अध्यक्ष विष्णुबहादुर खत्री लगायतले बोलेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…