
पोखरा(खेलाडी न्युज)-रेडियो दिदी बहिनीको आयोजनामा पर्वतमा सञ्चालित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय क्लबले आफनो अस्थित्वलाई दरिलो बनाएको छ । बुधबारदेखि शुरु भएको लिगकम नकाउट भलिबल प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र होन्गाजी न्यु डायण्डले जित निकालेको छ । न्यु डायण्डले भने नेपाल पुलिससितको खेलमा भने पराजित व्यहोरेको छ ।
पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई होगान्जी न्यु डायमण्डले २५–२, २५–३ र २५–६ को सेटम पराजित गरेको हो । प्रतियोगिताका रेफ्री संयोजक टहलसिंह थापा मगरका अनुसार दोस्रो खेल एपीएफले नेपाल आर्मीलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । एपीएफले २१–२५, २५–१७, १९–२५, २५–९ र १५–९ को सेटमा जित निकाल्यो ।
नेपाल पुलिसले पनि होन्गाजी न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सेटले पराजित गरेका थियो । प्रतियोगिता विजेतालाई नगद २ लाख, उपविजेतालाई नगद १ लाख रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…