
पोखरा(खेलाडी न्युज)-पर्वतमा आयोजित चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि शसस्त्र प्रहरी बलको एपीएफले अर्को विभागीय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।
बिहीबार भएको प्रतिस्पर्धामा एपीएफले होन्गाजी न्यु डायमण्डलाई सोझो सेटमा परािजत गर्दै फाईनल सुरक्षित गर्यो । अघिल्लो दिनको भन्दा सुधारिएको प्रदर्शन गरेको डायमण्ड एपीएफसँग २५-१३ , २५-२०, र २५ -२१ को सेटमा पराजित गरेको थियो ।
यसैगरी अर्को सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबले विभागीय क्लब नेपाल आर्मीलाई सोझो सेटमा पन्छायो । आर्मीलाई पन्छाउने क्रममा पुलिसले आर्मीलाई २५-१९, २५-२३ ,२६-२४ को जित निकाल्यो । एपीएफ र नेपाल पुलिसले उपाधिको लागि प्रतिस्पर्धा गर्दा आर्मीले डायमण्डसँग तेस्रो स्थानको लागि खेल्ने छ । विजेताले २लाख, उपविजेताले १ लाख र तेस्रो स्थानमा रहने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने रेफ्री संयोजक टहलसिंह थापाले बताए । file pic


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…