
पोखरा(खेलाडी न्युज) –१३ वर्ष अघि थ्रीस्टारले फागु पूर्णिमाकै दिन पाँचौ आहा गोल्डकपको फाईनल खेलेको थियो । १८ औं सस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनल खेल्दा पनि थ्रीस्टारले फागु पूर्णिमाकै दिन जित रच्यो । पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै आहाको सेमिफाईनल प्रवेश गर्यो । १३ वर्ष अघिको पाँचौ आहाको फाईनल फागुपूर्णिमाकै दिन हुदाँ थ्रीस्टारले मनाङ मस्र्याङ्दीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
पाहुना टोलीले थ्रीस्टारलाई पहिलो हाफ गोल रहित बराबरीमा रोक्दै उत्कृष्ट लय प्रस्तुत गर्यो । तर दोस्रो हाफ केही मत्थर भईदिदाँ थ्रीस्टारले गोलको खडेरी तोड्यो । ७९ औं मिनेटमा आएर थ्रीस्टारलाई सफलता मिल्यो । सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै सन्जोकले एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई कुनै मौका नै नदिई गोल गरे ।
८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३(० को जित सुनिश्चित बनाए ।
सहारा क्लबको आयोजना पोखरा रंगशालामा सञ्चालित तेस्रो क्र्वाटरफाईनलमा खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टारले महत्वपूर्ण अवसरलाई गुमाउन पुग्यो । २१अौं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिनबाट फेरी चुक्यो । लगत्तै मिक्छेन तामाको कर्नरमा अनन्तको हेडर बाहिरियो । ४३अौं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा गान्तोक सिटीले अग्रता लिने अवसर गुमायो ।
६४अौं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटियाको हेडर पोस्टबाट थोरै बाहिरिदा ग्याङतोकले अग्रता लिने अवसर गुमायो । थ्री स्टारले अब फाइनल प्रवेशको लागि सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ । pic by sudarshan Ranjit


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…