
एजेन्जी(खेलाडी न्युज)-अष्ट्रेलियको मेलबर्नमा आजबाट शुरुभएको टेनिसको ग्राण्डस्लाम मध्यको एक तथा २०१८ को पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको शुरुकै दिनमा महिला तर्फ शीर्ष खेलाडीलाई झट्का लागेको छ ।
महिला तर्फ टेनिसकी शीर्ष बरियताकी खेलाडी अमेरिकाकी भेनस विलियम्स अष्ट्रेलियन ओपनको पहिलो खेलबाटै बाहिरिएकी छिन् । उनी स्वीस खेलाडी बेलिण्डा बेन्सिकसँग पराजित हुन पुगिन् । मेलबर्न स्थित रोड लाभेर एरिनामा भएको खेलमा बेन्सिकले विलियम्सलाई ६—३, ७—५ को सेट निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन । टेनिस करियरमा पाँचौ भेटमा विलियम्समाथि सनसनीपूर्ण जित निकालिन् ।
यसैगरी मार्गरेट एरिनामा भएको अर्को खेलमा चिनिया खेलाडी एस झाङले अमेरिकाकी एस स्टेफन्सलाई पराजित गरिन् । तेस्रो सेटमा जित निकाल्दै चिनियाँ खेलाडी दोस्रो चरणमा प्रवेश गरिन् । पहिलो सेट २—६ को अवस्थामा गुमाएकी झाङले दोस्रो सेट ट्राईब्रेकरमा लिईन । ७—६ को स्थितिमा लिदैं सेट बराबरी गरेकी चिनियाँ खेलाडीले अन्तिम सेटको चुनौतिलाई ६—२ को स्थितिमा टुग्याईन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…