
धन बस्नेत, पोखरा, १ माघ- एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै आयोजक युवा क्लब भीमादको दोस्रो रोजाईको टिमले तेस्रो भीमाद कपको उदघाटनलाई सुखद शुरुवात गरेको छ ।
कवासे युनाईटेड क्लब दुलेगौडाले लिएको अग्रतालाई आयोजक टोलीले दोस्रो हाफमा उल्ट्याउँदै नजिता २—१ ले आफनो पार्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो । अनिल भण्डारीले ३५ औं मिनेटमा गोल गर्दै छिमेकी क्लब विरुद्ध अग्रता कायम गरेको थियो । तर दोस्रो हाफमा आकाश थापाले आयोजककलाई दुई गोलगरेपछि नजिता उल्टिएको थियो । थापाले बराबरी गोल ५३ औं मिनेटमा गरे । दोस्रो व्यक्तिगत गोल भने ६८ औं मिनेटमा गर्दै निर्णायक बनाए ।
माघे संक्रान्तिको अवसरमा तनहुँको भिमादमा आयोजित क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिताको उदघाटन नेपाली काँग्रेसका नेता धनराज गुरुङले गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा नेपाली फुटबलका राष्ट्रिय टिमका कप्तान विराज महर्जनको समेत उपस्थितिमा उदघाटन भएको थियो ।
फुटबल प्रतियोगितामा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेका छन्। पोखरामा आयोजना हुने आहा रारा गोल्डकप पछिको प्रदेश नं ४ कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौंबाट ब्वाईज युनियन, स्वयंभु क्लब, झापा ११, पोखरा ११, हेमजा(पोखरा), नेपाली सेनाको खैरेनी व्यारेक, दमौली, दुलेगौडा, बेल चौतारा र आयोजक युवा क्बल भिमादको दुई टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित कप पाउने छ । उपविजेताले भने एकलाख ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राईकर र सर्वाधिक गोलकर्तालाई जनही १०÷१० हजार नगदबाट सम्मानित गरिने छ । प्रतियोगिताको लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…