
एजेन्सी, असोज ९ । युरोपिन च्याम्पिन्स लिगको उपाधि उचालको जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको पनि उपाधि जितेको छ ।
गए राति भएको खेलमा बार्यनले स्पेनिस क्लब सेभियालाई २–१ ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । यस सँगै बार्यनले सात वर्ष पछि यो उपाधि उचालेको हो । अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको छ ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १–१ को बराबरी भयो । त्यसपछि दोस्रो हाफमा थप गोल हुन सकेन ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि विजयी गोल गरे ।
करिब २० हजार दर्शक उपस्थित रहेको खेलमा बायर्नले उपाधि उचालेको हो । कोरोना महामारीपछि पहिलो पटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमती दिईएको थियो ।




पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…