
पोखरा(खेलाडी न्युज—नेपाल मुवा थाई संघले बिहीबार म्याग्दी जिल्ला मुवाथाई संघ गठन गरिएको छ । नेपाल मुवााथाई संघका केन्द्रीय उपाध्यक्ष दिपकबहादुर गोदारको उपस्थितिमा सुनिल श्रेष्ठको अध्यक्षमा ९ सदस्यीय म्याग्दी जिल्ला मुवाथाई संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा साजन फगामी, सचिवमा मनोज गौचन, कोषाध्यक्ष सोनिया पुन रहेका छन् । यसैगरी सदस्यहरुमा मनिता गौचन, विजय श्रेष्ठ, मिलन पाईजा, करण रुम्जाली र सुरेश पुन(गर्वुजा) छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य सम्पन्नमान श्रेष्ठ समेत उपस्थिति थियो ।
यसैगरी बाग्लुङ जिल्ला मुवाथाई संघ समेत गठन गरिएको छ । बाग्लुङ मुवा थाई संघको अध्यक्षमा सुजन लामिछाने, उपाध्यक्षमा महेन्द्र खड्का, सचिवमा हरि पौडेल, कोषाध्यक्ष कामना पुन रहेका छन् । त्यस्तै सदस्यहरुमा अशोक थापा, जिन्दगी थापा, तुलबहादसर थापा, सुरज छन्त्याल, निर्मल थापा र कमला कुँवर रहेकी छिन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…