
एजेन्सी, असोज १० । बु्रनो फर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार घरेलु टोली ब्राइटनलाई हराएको छ ।
पहिलो हाफ १–१ गोलको बराबरीम सकिएको खेलमा युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट खेल पस्कदै ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुआतमा ब्राइटनले नुयल म्याउपेको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट पछि ब्राइटनका लुइस डंकले आत्मघाती गोल गर्दा युनाइटेड बराबरी अवस्थामा आएको थियो । त्यसपछि पहिलो हाफ गोल हुन सकेन ।

दोस्रो हाफमा आक्रामक देखिएको युनाईटेडका लागि मार्कुस रसफोर्डले गोल गर्दै अग्रता उल्टाए पनि रेफ्रिले गोलको मान्यता दिएनन् । भिडियो सहायक रेफ्रि (भिएआर)को निर्णयमा रसफोर्डको गोल अमान्य भएको थियो । घरेलु टोलीलाई दबाबमा राख्दै खेल पस्किएको युनाइटेडका लागि ५५औं मिनेटमा रसफोर्डले गोल थप्दै खेल २–१ को अवस्थामा ल्याए ।

पछि परेको घरेलु टोलीले आक्रामक खेल्दै इन्जुरी समयमा गोल फर्कायो । सोली मार्चले गोल गरेपछि खेल इन्जुरी समयमा २–२ को अवस्थामा पुगेको थियो । हावी भएको युनाइटेडले अन्तिम सिठी बज्नु अघि दबाबमा राख्यो ।

गोल गर्न संघर्ष गरेको युनाइटेडलाई रोक्ने क्रममा ब्राइटनका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गर्दा युनाइटेडले अवसर पायो । बु्रनो फर्नान्डेजले पेनाल्टी अवसरलाई सदुपयोग गर्दैै टोलीको जित सुनिश्ति गरे ।

यससँगै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको लिगमा पहिलो जित निकालेको छ । यस अघि भएको पहिलो खेलमा क्रिस्टल प्यालेसँग ३–१ ले पराजित भएको थियो ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…