
टोटनह्याम
एजेन्सी-इंग्लिस काराबाओ कप अन्तर्गत मध्यरातमा चेल्सीले टोटनह्यामसँग प्रतिस्पर्धा गर्ने छ । कपको चौथो चरण अन्तगर्त बुधबार विहान हुने प्रतिस्पर्धामा यी दुई आमने सामने हुने छन् । नयाँ सिजनको शुरुवातसँगै दुईको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
दुवैको प्रतिस्पर्धालाई नियाल्दा चेल्सीलाई पूर्व खेलाडी फ्रयांक लाम्पार्डले हेरिरहेका छन् । टोटनह्याम भने पोर्चुगिच प्रशिक्षक जोसे मोरिन्होको प्रशिक्षणमा छ । दुईवै प्रतिस्पर्धालाई हेर्दा गत फेब्रुअरी २०२० मा भएको प्रतिस्पर्धामा चेल्सीले टोटनह्यामलाई २-१ गोलले पराजित गरेको थियो ।
अघिल्लो सिजनमा पनि टोटनह्यामलाई चेल्सीले २-० ले पराजित गरेको थियो । कारााबाओ कप अन्तर्गत पनि गत सिजनको प्रतिस्पर्धामा चेल्सीले २-१ गोलले पराजित गर्दा टोटनह्यामले जनवरी २०१९ मा भने चेल्सीलाई १-०ले पराजित गरेको थियो ।प्रिमियर लिगको सिजनमा भने दुवै समान ४ अंकमा छन् ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…