
नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट
काठमाडौं-विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट भएका छन् । युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुने छ ।
विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।
पान अमेरिकन तेक्वान्दो युनियनको आयोजनामा केहि महिना अघि भएको कोभिड १९ भर्चुअल तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका मध्ये ५ उत्कृष्ट निर्णायकलाई विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि छनोट गरिएको हो । निर्णायकको भुमिका निर्वाह गरेवापत प्रत्येकले दैनिक १ सय अमेरिकन डलरका दरले पारिश्रमिक पाउने छन् । अनलाइन मार्फत प्रत्यक्ष हुने यो प्रतियोगितामा सहभागी हुन इच्छुकले दर्ता शुल्क वापत १ सय अमेरिकी डलर बुझाउनु पर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…