
Real madrid
एजेन्सी-पछिल्लो पाँच पटक आमने सामने भईसकेको रियल मड्रिडले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । बिहीबार विहान भएको प्रतिस्पर्धामा रियलका लागि भिनिकस जुनियरको निर्णायक गोलसँगै रियलले तीन अंक जोड्यो ।
तीन अंकसँगै शीर्षस्थानका अन्य क्लबसँग समान ७ अंक बनाएको छ । अधिकांश खेलाडी चोटयुक्त भएको रियल मड्रिडले युवा खेलाडीहरुलाई मैदानमा उतारेको थियो । भाला डोलिडसँगको खेलमा रियल भने पराजित भएको छैन् ।
पछिल्लो पाँच भेटमा दुई बराबरी र तीन रियलले जित आत्मसात गरेको छ । खेलको ६५ औं मिनेटमा जुनियरले गोलको खुशीयाली मनायो । पहिलो हाफ गोलरहित टुंगिएको थियो ।
पहिलो हाफमा मड्रिड र भालाडोलिडले केही अवसर भने पाएका थिए । यद्यपी दुवैले सदुपयोग गर्न नसकेपछि गोलरहित टुंगिएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…