
एजेन्सी(खेलाडी न्युज)- आर्सनलले क्रिष्टल प्यालेसलाई सानदार जित निकाल्दा इग्ंिलस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीले न्युकासल युनाईटेडलाई पराजित गरेको छ । सिटीले शीर्ष स्थानलाई बलियो बनाउने क्रममा अगुईरोले ह्याट्रिक गरेका थिए ।
शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ४—१ गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा यथावत छ । निकै आक्रामक शैलीमा फुटबल खेलेको आर्सनलले क्रिष्टल प्यालेसमाथि नै पहिलो हाफमै चार गोलको अग्रता कायम गरेको थियो । चार गोल पनि आर्सनलले आधा घण्टामा गरेको थियो ।
आर्सनलका लागि नाचो मोनरियलले ६ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको चार मिनेटपछि एलेक्स आईओबीले १० औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । क्रिष्टल प्यालेस सम्हालिन नपाउँदै १३ औं मिनेटमा लाउरेन्ट कोसाईल्नीले गोल थपे । २२ औं मिनेटमा आर्सनलका लागि अन्तिम गोल भने अलेक्जण्डर लाकाजेट्टेले गरे । क्रिष्टल प्यालेसका लागि ७८ औं मिनेटमा लुका मिलिभोजेभिकले सान्त्वना गोल फर्काए ।
चेल्सीले ब्रिङहटसलाई ४—० गोलले पराजित गरेको थियो । चेल्सीका लागि हाजार्डले दुई गोल गरे । विलियन र मोसेले एक एक गोल गरे । हाजार्डले ३ मिनेटमा चेल्सीलाई अग्रता दिलाउँदा व्यक्तिगत दोस्रो गोल ७७ औं मिनेटमा सम्भव गरे । विलियनले ६ औं मिनेटमा गरेका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ रहदाँ ८९ औं मिनेटमा मोसेले गोल गरे । त्यस्तै म्यानचेष्टर युनाईटेले बर्नलेलाई १—० गोलले पराजित गर्न सफल भयो । मार्सियलले खेलको ५४ औं मिनेटमा गरेको गोल निर्णायक हुदाँ युनाईटेडको लागि तीन अंक जुटाउने पर्याप्त बन्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…