
मेग लनिङ
एजेन्सी-न्यूजिल्याण्ड विरुद्धको दोस्रो एक दिवसीय महिला क्रिकेटमा अष्ट्रेलियाले चार विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले दिएको २५२ को लक्ष्यलाई मेग लनिङ को शतकीय पारी खेलेपछि ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो ।
२५३ रनको लक्ष्य पछ्याउने क्रममा मेग लनिङले नटआउट शतकीय पारी खेल्दै जितको हकदार बनाउँदा राचेल हायनेससँग महत्वपूर्ण साझेदारी निभाईन् ।
लनिङले ९६ बल खेल्दै १०१ रनमा नटआउट रहदाँ ९ चौका र ३ छक्का हिर्काईन् ।हायनेसले ८२ रन बनाउँदै महत्वपूर्ण योगदान दिईन् । ८४ बलमा १३ चौका र १ छक्का उनको नाममा लेखियो ।
न्यूजिल्याण्डले सोफिई डिभाइनको अर्धशतकीय पारीको योगदानमा २५२ रन बनाएको थियो । उनले ओपनिङ व्याटिङ गर्दै ७९ रन बनाईन् । उनको र एमी साटर्थवेथले महत्वपूर्णै साझेदारी निभाएका थिए ।
एमीले ६९ रन बनाईन् । ओपनर नाटाली डडले ३४ रन बनाई पभेलियन फर्किइन् । त्यसैगरी काथे मार्टिनले २६ रन बनाएकी थिईन् । अष्ट्रेलियन बलर जेस जोनासेनले सर्वाधिक चार विकेट लिदाँ ३६ रन खर्र्चिन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…