ब्याडमिन्टन

रत्न र नविनको जोडीलाई उपाधी

भोजपुर- भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी भोजपुरमा जारी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचाल्न सफल भएका छन् ।रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१-१८, २१-८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १५ हजार मेडल, प्रमाण… पुरा पढौ

विवेकको यात्रा सेमिफाईलनमा सिमित

भोजपुर- लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका बिवेक श्रेष्ठको यात्रा सेमिफाईनलमा नै सिमित भएको छ । पूर्व जुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को पुरुष सेमिफाईनलमा पाँचथरका दिवस शंकर संग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अव उपाधीका लागि दिवसले आफ्नै जिल्लाका एशिया जवेगु संग प्रतिस्पर्धा गर्ने छन् । जवेगुले संखुवासभाका पविन लिनथेप माथि १५-२१, २१-८, २१-१७ को जित निकाले । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजुपर नगरपालिकाको प्रायोजनमा भएको… पुरा पढौ

लामो समय पछि कोर्टमा फर्किएका बिवेक क्वाटरफाईनलमा

भोजपुर- लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ मा बिहिबार जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१-१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । बिवेक २०६४ सालमा चितवनमा भएको ३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा… पुरा पढौ

भोजपुरका बिशाल र सुभाष प्रिक्वाटरमा

भोजपुर- भोजपुरका बिशाल तामाङ्ग भोजपुरमा आयोजित प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरे । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ्ग पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, २१-१९ ले पराजित गरे । यसै गरि प्रिक्वाटरमा स्थान बनाउने क्रममा सुनसरीका प्रकाश लिम्बुले मोरङ्गका जोन जसराजलाई २१-१४, २१-१५ले पन्छाए । यस्तै पाँचथरका दिवस… पुरा पढौ

भोजपुर मेयरकप ब्याडमिन्टन भोलिबाट

भोजपुर- भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलिबाट हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको छ । प्रतियोगिताका लागि रेफ्री अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आईपुगेका छन् । यस्तै भोली हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ,… पुरा पढौ

प्रदेश १ स्तरिय मेयरकप फागुन तेश्रो हप्ता

भोजपुर- भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ । सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ ब्वाईज तथा गल्र्स गरि कुल ५ बिधामा प्रतिस्पर्धा गराईने जिल्ला संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले जानकारी गराएका छन् । सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, बिवेक… पुरा पढौ

दीपेश र जेशिकाले जिते प्रधानमन्त्री कप ब्याडमिन्टन

चितवन-एपिएफका दीपेश धामी चितवनमा सम्पन्न योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी उचालेका छन् । निकैनै प्रतिस्पर्धी खेलमा धामीले प्रिन्स दाहाललाई २१-१९, २२-२० को स्थितिमा पराजित गर्दै उपाधि आफनो लेखाएका हुन् । धामीले सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा भएको हारमा मल्हम लगाएका छन् । उक्त प्रतियोगितामा धामी प्रिन्स संग फाईनलमा पराजित भएका थिए । त्यस्तै चतवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला तर्फको उपाधी एपिएफकी जेशिका… पुरा पढौ

प्रिन्स प्रधानमन्त्री कपको अन्तिम चारमा

चितवन- नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् । श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए । यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ… पुरा पढौ

हिमालसँग रत्नजित पराजित

चितवन-नेपाल नं।१ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१-१६, १३-२१, १२-२१ ले पराजित भएका हुन् । पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको रत्नले बताए । पुरुष एकलमा जोड दिंदा अझ बढि चोट ब्यहोर्नु पर्ने भएकाले पुरुष युगलका लागि… पुरा पढौ

प्रिन्स अन्तिम १६ मा

चितवन-नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् । त्रिभुवन आर्मीका रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा शसस्त्र प्रहरी बलका प्रिन्सले आर्मीका पविन लिनथेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्न र प्रिन्सले भोली हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन् । रत्न माथी लगातार दुई प्रतियोगितामा जित निकालेर… पुरा पढौ