
प्रनिश र बिशालको जोडी
झापा-झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडी द्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् ।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र हिरा राईको जोडी, ईचंगुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिंगको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोका शिव थापाको जोडी, भुपु सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडी रहेका छन् ।
गणेश र अभिषेकको जोडीले टोखाका क्षितीज खनाल र सूर्यदर्शनका दीपक रानाको जोडीलाई १४-२१, २१-१९, २१-१५, सनम र हिराको जोडीले सेनाका भोजबहादुर गुरुङ्ग र आयुष्मान नागरीको जोडीलाई २१-१४, २१-१३, रमेश र साजनको जोडीले टोखाका अमन महर्जन र नारायण श्रेष्ठको जोडीलाई २१-१८, २१-१२, दिपेन्द्र र रुपकको जोडीले बुटवलका प्रतिक अर्याल र एनआरएन दुवईका शाहिल चन्दको जोडीलाई २१-११, २१-८, नरेन्द्र र शिवको जोडीले सेनाका गोकुल जोरा र डेभिड थापा मगरको जोडीलाई २१-११, २१-१५ तथा सहरोज र सुरजको जोडीले कैलालीका योगश खड्का र देव राज रानाको जोडीलाई २३-२५, २१-१६, २१-११ ले पराजित गरेका हुन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…