ब्याडमिन्टन

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन हुने

काठमाडौं- रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ आयोजना हुने भएको छ । कोभिडबाट प्रभावित खेललाई यस प्रतियोगिताले केहि रिफ्रेस बनाउने छ । असोज १ देखि ५ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल र युगल, महिला एकल, भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा गराईने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी… पुरा पढौ

भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष सुरु

काठमाडौं- नेपाल ब्याडमिन्टन संघले भर्चुअल ब्याडमिन्टन निर्णायक कोर्ष आईतबार देखि सुरु गरेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने संघको उद्धेश्य अनुरुप संघ संग आवद्ध प्रत्येक जिल्लामा कम्तिमा दुई दक्ष निर्णायक उत्पादन गर्ने कार्यको सुरुवात गरेको हो । संघ संग आवद्ध जिल्ला र एपिएफ क्लबले कोर्षमा सहभागिता जनाएको संघका केन्द्रिय सदस्य एवं कोर्षका प्रशिक्षक ब्याडमिन्टन एशियाका सर्टिफाईड अम्पायर दीपक थापाले जनाएका छन् । सहभागीहरुलाई दीपक थापाले प्रशिक्षण प्रदान गर्ने छन् भने ब्याडमिन्टन एशियाका एक्रिडिएटेड अम्पायरहरु सुमित शाक्य, समन ईकबाल र कृतन… पुरा पढौ

सीमाले उचालिन तेश्रो मेयर कप

काठमाडौं-कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं. १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले आईतबार सम्पन्न फाईनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् । उनले नगद १० हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । दोश्रो भएकी रोजले नगद ७ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा धनकुटाका गिता राई र अरुणा तामाङ्ग… पुरा पढौ

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं-दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७/१२/१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल… पुरा पढौ

खेलाडीलाई आर्थिक सहयोग प्रदान

काठमाडौं- विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे । सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् । कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक… पुरा पढौ

विशाल र प्रनिसको जोडीलाई व्याडमिन्टनको उपाधि

काठमाडौं-साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा आयोजित साईनो मेयर कप व्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष युगल तर्फ हिमालयन क्लब पोखराका बिशाल बस्नेत र झापाका प्रनिशसिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडीलाई पराजित गदैै उपाधि जिते । बस्नेत र ठकुरीको जोडीले बोस र थापाको जोडीमाथि २१-१७, १६-२१, २१-१७ को जित निकाल्दै उपाधी उचाले । बिजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजयी जोडीले नगद ३० हजार, मेडल र प्रमाण पत्र… पुरा पढौ

प्रिन्स र अनुमायाले जिते साईनो मेयर कप उपाधी

काठमाडौं- प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् । पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका दिपेश धामी माथि २३-२१, २१-१८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् । बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने… पुरा पढौ

दीपेश र प्रिन्स उपाधीका लागि भिड्ने

काठमाडौं-एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् । राष्ट्रिय च्याम्पियन दिपेशले फाईनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले भने बिश्व जुनियरको बरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोश्रो बरियता पाएका पुलिसका बिष्णु कटुवाल माथि २१-१५, २१-१२ को जित निकाले । शनिबार साङ्गलास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधीका लागि प्रिन्स संगको… पुरा पढौ

दिपेश र बिष्णु अन्तिम आठमा

काठमाडौं- एपिएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो बरियता पाएका बिष्णुले आफ्ना प्रतिद्वन्दि सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को कठिन जित निकाले ।यसैगरि पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका… पुरा पढौ

प्रनिश र बिशालको जोडी क्वाटरफाईनलमा

झापा-झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडी द्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् । साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम… पुरा पढौ