प्रथम साईनो खुल्ला मेयरकप प्रतियोगिता सुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


कैलालीका देवराज राना सट फर्काउँदै ।

काठमाडौं- तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साईनो स्पोर्टस् हलको आयोजनामा प्रथम साईनो खुल्ला मेयरकप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले उद्घाटन गर्दै उपत्यकाबाट ६ कि.मि. टाढा यस्तो राम्रो कभर्डहल बनाई ब्याडमिन्टन खेलको बिकासमा अग्रसर भएकोमा हलका संचालक ओमलाल गुरुङ्गलाई धन्यवाद प्रदान गर्दै परिषद साईनोसंग सहकार्य गर्न ईच्छुक रहेको बताए ।

उनले परिषद्, तारेकेश्वर नगरपालिका र साईनो विच ब्याडमिन्टन बिकासका लागि एमओयु गर्नु पर्ने धारणा राखे । यती राम्रो हलमा आगामी दिनमा राष्ट्रिय प्रतियोगिता गर्नु पर्ने र त्यसका लागि परिषद्ले सक्दो सहयोग गर्ने श्रेष्ठले बताए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रतियोगिताका रेफ्रि उदय अर्यालले आगामी दिनमा प्रतियोगितामा बि र सी लेभल भनेर छुुट्याउन नहुने भन्दै यस्ता प्रतियोगिताले खेलमा बिकृती उत्पन्न हुने बताए ।

उनले लेभल छुट्याउने प्रचलन नेपालमा मात्र भएको भन्दै यसले राम्रा खेलाडीहरुले नगद पुरस्कारमा आकर्षित भई बि र सी लेभलमा प्रतिस्पर्धा गर्ने र माथिल्लो प्रतिस्पर्धालाई खल्लो बनाउनुका साथै महत्वहिन बनाउने बताए । उनले बि र सी लेभलमा पुरस्कार रासीको आकर्षणका कारण राष्ट्रिय बरियतामा रहेका खेलाडीहरुले बरियता बिहिनका लागि निवेदन दिने क्रम बढ्ने समेत बताए ।

पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ९राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक० भेट्रान्स ९४५ बर्ष माथी० बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष एकल र युगलमा बिजयी शिर्ष तीन स्थानका खेलाडीहरुले नगद ५०, ३० र १० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै पुरुष एकलमा क्वाटरफाईनलिष्टहरुले नगद ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन् । महिला एकल तर्फ शिर्ष तीनले ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । भेट्रान्स तर्फ बिजयी शिर्ष तीनले ४०, २५ र २० हजारका साथै मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै प्रथम स्थान प्राप्त गर्नेलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।
देवराज र पविनको बिजयी सुरुवात
कैलालीका देवराज राना र सेनाका पविन लिनथेपले प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताका बिजयी सुरुवात गरेका छन् । देवराजले आयोजक साईनोका सुजन थापालाई २१।१४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै पविनले बुटवलका प्रतिक अर्याल माथि २१-७, २१-८ को जित हात पारे ।

जित हात पार्दै दोश्रो चरण प्रवेश गर्ने क्रममा सेनाका संतोष पनेरुले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रतिक श्रेष्ठमाथि २१-३, २१-५, गोकुल जोराले एनआएएन दुवईका साहिल चन्दलाई २१-५, २१-१०, रुकेश महर्जनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका अश्विन जलानलाई २१-१३, २१-१०, भुपु सैनिक तालिम केन्द्रका सुरज गुप्ताले टोखाका दामोदर श्रेष्ठबाट वाक ओभर, सहरोज अन्सारीले कैलालीका योगेश खड्कालाई १८-२१, २१-११, २१-१८, नेपाल पुलिसका पूर्ण बहादुर थापाले टोखाका क्षितीज खनाललाई २१-१९, २२-२०, सेनाका आयुष्मान नागरीले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका दिपेन गायकबाट वाक ओभर, सुर्खेतका नरेन्द्र बलमे काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बबिस थापालाई २१-१६, २१-१५, सेनाका भोजबहादुर गुरुङ्गले चण्डोलका शिव थापालाइृ २३-२१, २१-१२ र डेभिड थापाले टोखाका अमन महर्जनलाई २१-१५, २१-१० ले पराजित गरे ।