
पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा दुई विभागीय टोलीले दुई प्रदेशसँग फाईनल प्रवेशको लागि बिहीबार प्रतिस्पर्धा गर्ने छन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी क्लबले र सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्ने छ । दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशसँग खेल्ने छ ।
बुधबार भएको लिगचरणको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जित आत्मसात गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धामा खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गरेको थियो । सबैभन्दा कम ओभरमा लक्ष्य पुरा गरेको प्रतियोगिताकै पहिलो हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगितामा बुधबार टस हारेर व्याटिङ गरेको निलो १७.५ ओभरमा ६७ रनमा समेटिएको थियो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले शून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दवावमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोडे । सर्वण यादवले ३ं.५ ओभरमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाएपछि सहज जित सम्भव हुन पुग्यो । मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…