
धरान-सुर्य नेपाल गल्फ टुर २०२२(२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले १७ अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले।
पार७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७अन्डर १ सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउदै उपाधि माथि कब्जा जमाए। उनले नगद १ लाख ४० हजार प्राप्त गरे। तेस्रो दिन ३अन्डर ६७ मा खेल सकाउदै समग्रमा ९अन्डर २ सय १ सहित निरजले दोस्रो स्थान प्राप्त गरे। उनले नब्बे हजार प्राप्त गरेका छन्। (अन्डर ६८ मा अन्तिम दिनको खेल सकाएका भुवन नगरकोटीले समग्रमा ५अन्डर २ सय ५ सहित तेस्रो स्थानमा चित बुझाए। उनले ६७ हजार नगद पुरस्कार प्राप्त गरे।
इभन पार ७० को स्कोरमा समग्रमा ४अन्डर २ सय ६ स्कोर सहित सञ्जय लामा चौथो भए। चौथो भएका सञ्जयले ५५ हजार हात पारे। १अन्डरमा खेल सकाउदै कुल १ओभर २ सय ११ सहित रामे मगरले पाँचौ हुदै ४७ हजार प्राप्त गरे। समग्रमा २ओभर २ सय १२ को नतिजामा धन बहादुर थापा र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौ स्थानमा खेल सकाए। उनीहरूले ३८ हजार ७ सय ५० नगद पुरस्कार प्राप्त गरे। आठौ भएका दिनेश प्रजापतिले अन्तिम दिन इभनपार ७० खेल्दै समग्रमा ३ओभर २ सय १३ मा खेल सकाए र ३४ हजार हात पारे। स्थानीय गल्फर बलभद्र राईले कुल ५ओभर २ सय १५ सहित नवौ स्थानमा रहे। उनले ३२ हजार प्राप्त गरे। यसैगरी ७ओभर २ सय १७ सहित सुर्य प्रसाद शर्मा दशौ भए। उनले अन्तिम दिन ४ओभर ७४ मा खेल सकाए।
एमेच्योरतर्फ २ओभर ७२ मा अन्तिम दिनको खेल सकाएका राजकुमार राई समग्रमा इभनपार २ सय १० स्कोर सहित उपाधि जित्न सफल भए। उनले युवराज भुजेललाई ३ स्ट्रोकले हराए। युवराजले अन्तिम दिन १अन्डर ६९ सहित ३ओभर २ सय १३ मा खेल पुरा गरे। कुल १०(ओभर २ सय २० अंक सहित सुन्दर राई तेस्रो भए। उत्कृष्ट फर्ममा रहेका शुक्र सँग अन्तिम १८ होलको खेल सुरू गर्दा चार स्ट्रोकको अग्रता थियो। अन्तिम दिन दबाब बिना खेलेका उनले फ्रन्ट नाइन ३(अन्डर ३३ मा र ब्याक नाइन ४ अन्डर ३० मा सकाए। उनले तेस्रो, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै ब्याक नाइनमा चार सट बचाए। १०औं, १५औं,१६औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे।
विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्राईभेट लिमिटेडका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गरे।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता रहेको थियो। प्रतियोगितामा कुल आठ लाख पुरस्कार राशी रहेको थियो। जहाँ उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…