🏐 भलिबल

भोलिदेखि मुख्यमन्त्री कप भलिबल

पोखरा-टाईगर कप भलिबलको रमझम सकिएको दुईदिन नबित्दै पोखरा फेरी भलिबलमय हुदैं । पोखरामा भोलि मंगलबारदेखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कपमा प्रदेशका १० जिल्लाको सहभागिता रहने छ । महिला तथा पुरुष दुवै ईभेण्टमा प्रतिस्पर्धा गराईने छ । बेष्ट अफ फाईभमा लिगकम नकाउटमा प्रतियोगिता सञ्चालन गरिने छ । भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम… पुरा पढौ

मन्जुलाई सम्मान

पोखरा-नेपाली राष्ट्रिय महिला भलिबल टोलीका पूवए उपकप्तान मञ्जु गुरुङलाई पोखरामा सम्मान गरिएको छ । भलिबलबाट भण्डै डेढवर्ष अघिदेखि टाढिएकी गुरुङलाई टाईगर ग्रुपले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको समापन समारोहमा सम्मानित गरिएको हो । मन्जुसहित पूर्व राष्ट्रि खेलाडी लेखनाथ लम्साललाई पनि एकैसाथ सम्मान गरिएको थियो । टइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको समापन समारोहमा दुबै खेलाडीलाई प्रसंशा पत्रबाट सम्मान गरेको हो । नेपालमा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा महिला भलिबलमा उनी समावेश… पुरा पढौ

गण्डकी प्रदेशलाई टाईगर कप उपाधि

पोखरा-नेपाली भलिबलमा विभागीय बर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले प्रथम टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु कोर्टमा शनिबार त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो बनायो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आईपुग्दा पन्छाइछाड्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्यो । पहिलो सेट २५–२२ मा लिएको गण्डकी प्रदेशले दोस्रो सेट भने आर्मीलाई सुम्पिन पुग्यो । दोस्रो सेट… पुरा पढौ

पुलिस बन्यो टाईगर कप महिला क्लब च्याम्पियन

पोखरा-लिगचरणमै हार व्यहोको शसस्त्र प्रहरी बल शनिबार पोखराको भलिबल कोर्टमा नेपाल पुलिससँग फेरी एकपटक पराजित हुदैं उपाधिविहीन यात्रा टुग्याएको छ । टाईगर ग्रुपको आयोजनामा सञ्चालित ‘टाईगर कप क्लब च्याम्पियनसिप भलिबल’ प्रतियोगिताको महिला तर्फको उपाधि नेपाल पुलिस क्लबले जित्दै पोखराबाट इतिहास रच्दा शसस्त्र प्रहरीबल उपविजेतामा चित्त बुझाउन बाध्य भयो । पोखराको रंगशालाको भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शसस्त्र नेपाल प्रहरीसँग दोहोरो हार व्यहोर्ने विभागीय टोली बन्यो । नेपाल पुलिस क्लबले टाईगर कपको उपाधि शसस्त्रलाई सोझै सेट पराजित गर्दै चुम्यो । पहिलो सेट… पुरा पढौ

महिला तर्फ शसस्त्र र नेपाल पुलिस उपाधि प्रतिस्पर्धा

पोखरा-न्यु डायमण्डलाई पराजित गर्दै शसस्त्र प्रहरी बल टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको फाईनल प्रवेश गरेको छ । शुक्रबारको महिला तर्फको अन्तिम खेलमा शसस्त्रले न्यु डायमण्डलाई सोझो सेटमा पराजित गरेपछि फाईनल तय गरेको हो । समान अंक भएपनि शसस्त्र प्रहरी बल सेटको भागफलको आधारमा पछि पर्दै उपाधि होडबाट बाहिरिएको हो । शसस्त्र प्रहरीले पहिलो सेट २५–२१ मा लिदैं अग्रता बनायो । दोस्रो सेटमा पनि शसस्त्रले उस्तै सेटमा लियो । २५–२१ मै दोस्रो सेट लिएर न्यु डायमण्ड विरुद्ध शसक्त प्रदर्शन गरेको शसस्त्रले… पुरा पढौ

गण्डकी र आर्मी उपाधिको लागि भिड्ने

पोखरा-गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । गण्डकीले आज भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आर्मीले पनि विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने… पुरा पढौ

गण्डकी प्रदेश फाईनलमा

पोखरा-शसस्त्र प्रहरी बल(एपीएफ) को चुनौतिलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश टाईगर कप क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो । दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा… पुरा पढौ

न्यु डायमण्ड एकेडेमीसँग पुलिस पराजित

पोखरा-नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमण्ड एकेडेमीले उपाधिको बलियो दावेदारी देखाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पहिलो सेट आफनो पक्षमा २७–२५ को सेटले पार्यो । तर दोस्रो सेट भने पुलिससँग प्रतिस्पर्धात्मक रुपमा गुमायो । २९–३१ को सेटमा पुलिसलाई सुम्पिएको डायमण्डले तेस्रो र चौथो सेट लगातार लिदैं नेपाली भलिबलमा आफनो छविलाई उचाईमा पुर्यायो । तेस्रो सेट २७–२५ र चौथो सेट भने २५–१६ मा न्यु डायमण्डले जित्दै उपाधि यात्रा बलियो बनायो । पुरुष तर्फको प्रतिस्पर्धामा भने विभागीय डर्बीको… पुरा पढौ

एपीएफको संघर्षपूर्ण जित, पुलिस न्यु डायमण्डसँग पराजित

पोखरा-शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले उपाधि यात्रालाई कायमै राख्न शसस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गर्नुपर्ने थियो । तर आर्मी शसस्त्रसँग प्रतिस्पर्धात्मक सेटमा पराजित हुदैं उपाधि होडबाट बाहिरिदैं क्लब च्याम्पियनसिपबाट बिदाई लिएको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट आर्मीले आफनो पक्षमा पार्दै शसस्त्र प्रहरीमाथि दबाव सृजना गर्यो । पहिलो सेट आर्मीले… पुरा पढौ

विभागीय डर्बीमा पुलिसको जित

पोखरा-टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत बुधबार महिला तर्फको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले विभागीय डर्बी प्रतिस्पर्धामा आर्मी विरुद्ध कमब्याक गर्दै ३–१ सेटले जितेको छ । पहिलो सेट आर्मीलाई सुम्पिएको पुलिसले लगतार तीन सेट आफनो पक्ष पार्दै आर्मीको चुनौतिलाई पन्छाउँदै महिला भलिबलमा आफनो पुरानो शाख जोगाउन उद्दत रह्यो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आर्मीले पहिलो सेट २५–१८ मा लिदैं पुलिसमाथि दबाव शुरु गर्यो । तर दोस्रो सेटमा भने आर्मीले पहिलो सेटको लयलाई गुमायो… पुरा पढौ